• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Corona Update अन्तराष्ट्रिय

    एकैदिन कोरोनाबाट एक हजार भन्दा बढीको मृ’त्यु भएपछि रुसमा तनाव

    1.4K
    SHARES


    एजेन्सी । रुसमा कोरोनाभाइरस महामारीको शुरुवातपछि पहिलो पटक २४ घण्टामा १ हजार भन्दा बढीको मृत्यु भएको छ। हिजो शुक्रबार एकै दिनमा कोरोनाबाट एक हजार २ जनाको मृत्यु भएको हो। यस्तै ३३ हजार २०८ जना नयाँ सङ्क्रमित थपिएका सरकारी अधिकारीले जानाएका छन्।

    दैनिक ठूलो सङ्ख्या मानिसहरूको निधन भएपछि देशलाई महामारीबाट बचाउनको लागि पूर्ण रुपमा लकडाउन गरिनुपर्ने आवाज नागरिकस्तरबाट उठ्न थालेको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

    रोयटर्सका अनुसार त्यहाँ अहिलेसम्म कूल जनसङ्ख्याको ३० प्रतिशतले मात्र कोरोनाविरुद्धको खोप लगाएका छन् । अहिलेसम्म २ लाख २२ हजार ३१५ जनाको निधन भएको तथ्याङ्क बाहिर आएतापनि कोरोना भाइरसको कारणले ४ लाख भन्दा बढी मानिसहरूको ज्यान गएको हुनसक्ने समाचारमा जनाइएको छ ।

    यस्तै यता भारतमा पछिल्लो २४ घण्टामा १४ हजार ७३ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै त्यहाँ कुल संक्रmमितको संख्या ३ करोड ४० लाख ६६ हजार ७६० पुगेको छ । तीमध्ये ३ करोड ३४ लाख १२ हजार १३८ जना निको भइसकेका छन् ।

    यही अवधिमा भारतमा १४६ जनाको मृत्यु भएको छ भने १९ हजार ७८५ जना निको भएका छन् । ओल्डोमिटरको पछिल्लो विवरणअनुसार यससँगै हालसम्म कोरोनाबाट ४ लाख ५२ हजार १५६ जनाको मृत्यु भइसकेको छ । भारतमा सकृय संक्रमितको संख्या २ लाख २ हजार ४६६ रहेको छ ।

    यस्तै विश्वभर अहिलेसम्म २१ करोड ८० लाखभन्दा बढीले कोरोना भाइसको संक्रमणलाई जितेका छन् । पछिल्लो २४ घण्टामा ३ लाख ९२ हजार ५९० जना संक्रमणमुक्त भएका छन् । योसँगै विश्वभर संक्रमण जित्नेको संख्या २१ करोड ८० लाख ५७ हजार १७ पुगेको छ ।

    वर्ल्डोमिटर्सका अनुसार पछिल्लो २४ घण्टामा ४ लाख ३५ हजार ३४३ जना संक्रमित भएका छन् । पछिल्लो विवरणसँगै शनिबार बिहानसम्म विश्वभर संक्रमितको संख्या २४ करोड ८ लाख २ हजार ९८३ पुगेको छ ।

    होम तथा संस्थागत आइसोलसनमा रहने सक्रिय संक्रिमतको संख्या १ करोड ७८ लाख ४१ हजार ८७० छ । यसमध्ये ७९ हजार ५७३ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।

    ४९ लाखभन्दा बढीको मृत्यु
    पछिल्लो २४ घण्टामा ६ हजार ९५३ जनाको मृत्यु भएको छ । योसँगै कोरोनाले ज्यान गुमाउनेको संख्या ४९ लाख ४ हजार ९६ पुगेको छ ।

    खोपको विकासपछि विश्वभर जारी खोप अभियानले महामारी नियन्त्रण र मृत्युदरमा केही कमी ल्याए पनि खोपको समान वितरण हुन नसक्दा अझै महामारी नियन्त्रणमा आउन सकेको छैन ।

    बहुसंख्यक नागरिकलाई खोप लगाइएपछि विश्वको सबैभन्दा प्रभावित संयुक्त राज्य अमेरिकामा संक्रमण लगभग नियन्त्रणमा आइसकेकोमा फेरि महामारी बढ्न थालेको छ ।पछिल्लो २४ घण्टामा त्यहाँ ९२ हजार ९६६ जनामा संक्रमण भएको छ । यस्तै थप १ हजार ७०५ जनाको मृत्यु भएको छ । योसँगै अमेरिकामा ७ लाख ४३ हजार ८८० जनाको मृत्यु भइसकेको छ ।

    यसैगरी ब्राजिलमा ६ लाख २ हजार ७२७ जनाको मृत्यु भएको छ । दोस्रो लहरले अति प्रभावित मुलुक भारतमा भने संक्रमण घटेको छ । दैनिक ४ लाखसम्म संक्रमण देखिएको भारतमा अहिले दैनिक औषत १८ हजार संक्रमित देखिन थालेका छन् । भारतमा शनिबा बिहानसम्म ४ लाख ५२ हजार १० संक्रमितको मृत्यु भएको छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया