• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    अपराध कर्णाली समाचार

    बियरका बोतलले हान्दा रुकुममा सात प्रहरी घाइते

    610
    SHARES


    काठमाडौँ । रुकुम पश्चिमको सदरमुकाम मुसिकोटमा स्थानीय युवा र प्रहरीबीच झडप हुँदा सात जना घाइते भएका छन् । गए राति बागबजारमा भएको झडपका क्रममा प्रहरी सहायक निरीक्षक कोमलराज बोहोरासहित सात प्रहरी घाइते भएका जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जानकारी दिएको छ ।

    घाइते सहायक प्रहरी निरीक्षक बोहोरालाई स्थानीय अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारका लागि काठमाडौं ल्याइएको छ । बाँकी ६ जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

    मुसिकोट नगरपालिका–१ बागबजार नजिकै पार्किङ गरी राखिएको रा १ ख २३९२ नम्बरको ट्रकलाई ढुङ्गा र बियरको बोतल प्रहार गरेर सिसा फुटाएको अवस्थामा प्रहरीले पक्राउ गर्न खोज्दा प्रहरी र युवाहरुबीच झडप भएको हो ।

    टोलीले आरोपितलाई नियन्त्रणमा लिन खोज्दा प्रहरीमाथि नै ढुंगामुढा र बोतलसमेत प्रहार गरेपछि मुठभेडको अवस्था बनेको हो । घटनामा संलग्न ६ जना युवालाई प्रहरीले पक्राउ गरेको छ । चार जना भागेका छन् । उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ