• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    अन्तराष्ट्रिय समाचार

    अफगानिस्तानमा अभिभावकले किन बेच्दैछन् छोराछोरी ?

    1.1K
    SHARES


    काबुल । अफगानिस्तानमा गरिबीको चपेटमा परेका अभिभावकहरु ऋण तिर्न आफ्नै छोराछोरी अरुलाई बेच्न बाध्य बनिरहेको द वाल स्ट्रिट जर्नलको नयाँ रिपोर्टले जनाएको छ ।

    जस्तै पश्चिमी क्षेत्रमा बस्ने, सरसफाइको काम गर्ने ४० वर्षीया सलेहाले अहिले आफ्नी ३ वर्षीया छोरी ऋण लिएको व्यक्तिलाई बेचेकी छन् । उनले ५५० डलर चुकाउनु थियो तर दैनिक कामबाट केबल ७० सेन्ट आम्दानी गर्ने गरेकी छन् भने उनका पति बेरोजगार बसिरहेका छन् ।

    उनी भन्छिन्, “यदि जीवन यत्तिकै पीडादायी रहिरहने हो भने म मेरो बच्चासँगै आ’त्मह’त्या गर्नुपर्ने स्थिति आउनेछ । किनकी मलाई आज राति हामीले के खाने पनि थाहा छैन । छोरीको जीवन बचाउन म पैसा खोज्ने प्रयास गरिरहेकी छु ।”

    उनले ऋण लिएका व्यक्ति खलिद एह्मदका अनुसार ऋण सुल्झाउन उनले ३ वर्षीया छोरी लिनैपर्ने भएको हो । उनी भन्छन्, “मसँग पनि त पैसा छैन । र उनीहरुले तिर्न सकिरहेका छैनन् । त्यसैले मसँग छोरी लैजानु बाहेक कुनै विकल्प छैन ।”

    गत महिना संयुक्त राष्ट्र संघले तालिबानको अचानक नियन्त्रण पश्चात् अफगानिस्तान अधिकतम गरिबीतर्फ मोडिरहेको चेतावनी दिएको थियो । यूएनडीपी एसिया–प्यासेफिकका निर्देशक कन्नी विग्नराजाका अनुसार अबको एक वर्ष भित्रै अफगानिस्तानमा गरिबीको दर बढेर ९७ देखि ९८ प्रतिशतसम्म पुग्नेछ ।

    पछिल्लो दुई दशक अफगानिस्तानको आर्थिक स्थितिमा धेरै सुधार आएको थियो तर राजनीतिक अस्थिरका कारण त्यो सबै भङ्ग हुने खतरा बढेको छ ।

    यसअघि बाइडेन प्रशासनले तालिबानका श्रोतसाधन सीमित गराउन भनेर देशको झन्डै १० अर्ब डलर बराबर रकम रोक्का गरिदिएका थिए । तर, उनको यस कदमले अफगानीहरुलाई बढी हानी पुग्नेछ भनेर आलोचना पनि गरिएको छ ।

    त्यस्तै अफगानिस्तानका नागरिकलाई अहिले नै मानवीय सहायताको खाँचो रहेको औँल्याइएको छ । अफगानिस्तानका विषयमा भएको जि२० को जुम बैठकपछि पत्रकारसँग कुराकानी गर्दै इटालीका प्रधानमन्त्री मारिओ ड्राघीले सो कुरा बताएका हुन् ।

    उक्त बैठकपछि उनले समाचारदाताहरुसँग भने– हामीले अफगानिस्तानको अवस्थालगायत धेरै विषयमा कुराकानी गरेका छौँ, मलाई लाग्छ यहाँको अवस्था अहिले नै नाजुक छ, यहाँका नागरिकलाई मानवीय सहायताको खाँचो छ ।

    इटालीले अफगानिस्तानको विषयलाई लिएर जि२० का सदस्य राष्ट्रहरुको जुम बैठक आयोजना गरेको थियो । सो बैठकमा जि२० का सबै देशका सरकार तथा राज्य प्रमुखहरु सहभागी थिए ।

    अफगानिस्तानमा विद्रोह गरिरहेका तालिबानीहरुले गत महिना यहाँको सत्ता ह’त्याएका थिए । त्यसपछि त्यहाँबाट अमेरिकी सेना फिर्ता भएको छ भने विश्वका देशहरुले पनि अफगानिस्तानमा दिने सहायता रोकेका छन् । यसै कारणले अफगानिस्तानको आर्थिक अवस्था पनि नाजुक बन्दै गएको बताइएको छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ