• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights बागमती राजनीति

    नेकपा एसमा कार्यविभाजन टुंगियो, कसलाई कुन जिम्मेवारी ?

    305
    SHARES


    नेकपा (एस)का अध्यक्ष माधवकुमार नेपालले अन्तरपार्टी निर्देशन जारी गर्दै नेताहरूको जिम्मेवारी र संगठन संरचना स्पष्ट पारेका छन् । असोज २८ गते जारी गरिएको अन्तरपार्टी निर्देशनमा ३ सय ३५ सदस्यीय केन्द्रीय कमिटी, ४२ सदस्यीय स्थायी कमिटी, ९४ सदस्यीय पोलिटब्युरो, ११ सदस्यीय केन्द्रीय सचिवालय गठन भएको उल्लेख छ ।

    त्यस्तै, पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई ‘सम्मानित नेता’ भनिएको छ । उनलाई विदेश विभाग प्रमुखको जिम्मेवारी पनि दिइएको छ । मुकुन्द न्यौपाने र प्रदीप नेपाललाई नेताको हैसियत दिइएको छ ।

    न्यौपानेलाई उद्योग, वाणिज्य विभाग प्रमुख तथा उद्योग व्यवसाय फाँट इन्चार्जको जिम्मेवारी दिइएको छ भने नेपाललाई प्रतिष्ठानहरूको इन्चार्ज बनाइएको छ । जीवनराम श्रेष्ठलाई संघीय संसदीय विभाग प्रमुखको जिम्मेवारी दिइएको छ ।

    नेकपा (एकीकृत समाजवादी) बाट संघीय सरकारमा मन्त्री रहेका नेताहरूलाई पार्टीको जिम्मेवारी दिइएको छैन । नेकपा (एस)बाट संघीय सरकारमा विरोध खतिवडा, रामकुमारी झाँक्री, प्रेम आले, कृष्णकुमार श्रेष्ठ मन्त्री छन् ।

    केही दिन पहिले एमाले परित्याग गरेर एकीकृत समाजवादी पार्टी प्रवेश गरेका भानुभक्त जैसीलाई जलस्रोत, सिँचाई तथा ऊर्जा विभाग प्रमुखको जिम्मेवारी तोकिएको छ ।

    महासचिव वेदुराम भुसालको नेतृत्वमा ५ सदस्यीय केन्द्रीय कार्यालय गठन गरिएको छ भने चार आयोग पनि गठन गरिएको छ । त्यस्तै, केन्द्रीय सल्लाहकार परिषद्, केन्द्रीय ज्येष्ठ कम्युनिस्ट मञ्च, ५२ जना रहेको केन्द्रीय परिषद् पनि गठन गरिएको छ ।

    अन्तरपार्टी निर्देशनमा पार्टी सदस्यको अभिलेख व्यवस्थित रूपमा खाता तथा डिजिटल माध्यममा राख्न भनिएको छ । मंसिर मसान्तभित्र पुरानो सदस्यता अभिलेख व्यवस्थित गरिसक्न पनि मातहतका कमिटीहरूलाई निर्देशन दिइएको छ । अध्यक्ष नेपालले ‘एक वडा एक सय संगठित सदस्य र एक हजार पार्टी सदस्य’ निर्माण गर्ने अभियान सञ्चालन गर्न पनि निर्देशन दिएका छन् ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ