• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights बागमती राजनीति

    माओवादी महासचिव मोहन वैद्य अस्पताल भर्ना, के छ अवस्था ?

    731
    SHARES


    काठमाडौँ । नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य अस्पताल भर्ना भएका छन् । दम बढेपछि वैद्यलाई शनिबार साँझ नर्भिक अस्पताल भर्ना गरिएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

    ‘उनलाई घरमै अक्सिजन दिएर उपचार गरिँदै आएको थियो । दम बढेपछि अस्पताल भर्ना गरिएको हो,’ परिवारका एक सदस्यले भने, ‘उहाँको इमर्जेन्सी वार्डमा उपचार भइरहेको छ ।’ नर्भिक अस्पताल स्रोतले वैद्यलाई केही दिन अस्पतालमै राखेर उपचार गर्नुपर्ने अवस्था रहेको जनाएको छ ।

    नेपालमा माओवादीले संचालन गरेको जनयुद्धमा वैचारिक एबम् दार्शनिक नेताका रुपमा स्थापित नेता वैद्यलाई प्रचण्ड र बाबुराम भट्टराईले समेत गुरु मान्छन्। उसो त माओवादी आन्दोलनबाट आएका नेताहरुले मात्र नभई उनलाई नेपालका प्राय सबै कम्युनिष्ट नेताहरुले उनलाई ग्रु नै मान्छन् ।

    माओवादी आन्दोलन उत्कर्षमा पुग्नै लाग्दा भारतबाट गिरफ्तार परेका नेता वैद्यलाई माओवादी शान्ति प्रक्रियामा आएपछि मात्र रिहा गरिएको थियो । माओवादी शान्तिप्रक्रियामा आएर २०६४ सालको संबिधान सभाको चुनावमा भाग लिएर सबै भन्दा ठुलो पार्टीका रुपमा बिजयी भएपछी उनि माओवादीका केन्द्रीय उपाध्यक्ष थिए ।

    पहिलो संबिधानसभा विघठन भएपछि माओवादी जनमुक्ति सेना र हतियार सरकारलाई बुझाउने प्रचण्ड बाबुरामको कदम बिरुद्ध बिद्रोह गरेर नेकपा ड्यास माओवादी गठन गरेका वैद्यले हालसम्म उक्त पार्टीको नेतृत्व गरिरहेका छन् ।

    तत्कालिन बेला ड्यास माओवादीको महासचिव रहेका राम बहादुर थापा ‘बादल’ प्रचण्डको पार्टीमा फर्केका र विप्लवले अर्को पार्टी बनाएको अबस्थामा उनले सो पार्टीको नाम परिवर्तन गरि क्रान्तिकारी माओवादी नामाकरण गरेका थिए ।

    हाल नेपालमा नयाँ जनवादी राज्य व्यवस्था स्थापना गर्नुपर्ने भन्दै सोही अनुसारको राजनीतिक लाइन लिएर अगाडी बढिरहेका वैद्यले विप्लवसहितका केही कम्युनिष्ट पार्टीहरुसँग पार्टी एकता गरेर नेपालमा पुनः क्रान्तिको झण्डा उठाउने चाहाना राखेका छन् ।

    दिन प्रतिदिन आफ्नो स्वास्थ्य अवस्था कमजोर हुँदै गइरहेका बेला नेपालमा क्रान्तिकारी आन्दोलन कमजोर नहोस भन्ने उदस्यले उनले निरन्तर नेपालका क्रान्तिकारी शक्तिहरुको एकतामा जोड दिदै आइरहेका छन् ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ