• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    पत्रपत्रिका बागमती

    बालुवाटारको यस्तो गोप्य भिडियो भाइरल भएपछि देउवा तनावमा

    690
    SHARES


    काठमाडौँ । प्रधानमन्त्री निवास वालुवाटारको अर्को भिडियो बाहिरिएपछि प्रधानमन्त्री देउवालाई तनाव भएको बुझिएको छ । प्रधानमन्त्री देउवा वालुवाटारमा दशैंको टीका थापेर दाम राख्दै गरेको भिडियो भाइरल भएको हो ।

    उक्त भिडियो भाइरल भएपछि प्रधानमन्त्री शेरबहादुर देउवालाई तनाव भएको छ । कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले दशैंको क्रममा कार्यकर्ताहरुलाई पनि टीका लगाइदिएका थिए । सोही टिका लगाउने क्रममा एक जनाले दाम चढाएएका थिए ।

    त्यही भिडियो अहिले टिकटकमा भाइरल भएको छ । दशैंको टीका थाप्न आएका एक कार्यकर्ताले प्रधानमन्त्री देउवाबाट टीका ग्रहणपछि दाम राखेर खुट्टा ढोगेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

    सामाजिक सञ्जालमा यो भिडियोले निकै चर्चा मात्र पाएको छैन, प्रधानमन्त्रीको कडा आलोचना समेत भएको छ । सामाजिक सञ्जालमा यो भिडियो शेयर गर्दै यसरी खुट्टामा दाम राखेर ढोगेको दृश्यले राजा र रैती भन्ने पुरानै संस्कार÷प्रवृत्ति दोहोरिएन ? भन्दै चर्को आलोचना भएको हो ।

    यो घटनाले राजाकै शैलीमा उच्च ओहदाका ब्यक्तिले दशैमा टीका लगाइदिने क्रमको समेत आलोचना भएको छ । गणतन्त्रभन्दा पहिला राजाहरुलाई यसैगरी लाइन लागेर भेटि चढाउने चलन थियो ।

    राजनीतिका उच्च नेतृत्वले समेत राजालाई भेटि चढाएर टिका लगाउने चलन थियो । त्यही क्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले समेत पूर्वराजा विरेन्द्र शाह र ज्ञानेन्द्र शाहलाई भेटि चढाएर टिका लगाएका थिए ।

    एमाले अध्यक्ष केपी शर्मा ओली, एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल, राप्रपाका अध्यक्ष पशुपति शम्शेर जबरा लगायतका नेताहरु पनि लाइन लागेर टिका लगाउन दरवार पुग्ने गर्दथे ।

    यस्तै यता नेकपा (एकीकृत समाजवादी) तीन महिने संगठन विस्तार अभियान थालेको छ । सो पार्टीले आगामी तीन महिनाभित्र सवै प्रदेश, जिल्ला, संघीय तथा प्रदेश निर्वाचन क्षेत्र, महानगर, उपमहानगर, गाउँपालिका तथा वडा कमिटीहरू गठन गर्न मातहतका पार्टी कमिटीहरूलाई निर्देशन दिएको छ ।

    साथै सो पार्टीले आफ्ना नेता कार्यकर्ताहरूलाई कम्युनिस्ट आन्दोलनमा हाबी भएको दक्षिणपन्थी अवसरवादी, विसर्जनवादी, व्यक्तिवादी, गुटवादी र सर्वसत्तावादी प्रवृत्तिको भण्डाफोर गर्न निर्देशन दिएको छ ।

    ‘कम्युनिस्ट आन्दोलनमा हाबी भएको दक्षिणपन्थी अवसरवादी, विसर्जनवादी, व्यक्तिवादी, गुटवादी र सर्वसत्तावादी प्रवृत्तिको भण्डाफोर गर्ने’अध्यक्ष माधवकुमार नेपालले २३ बुँदे अन्तरपार्टी निर्देशन (अपानी–२) जारी गर्दै निर्देशन दिएका छन् ।

    साथै सो पार्टीले पार्टीको केन्द्रीय सदस्य सङ्ख्या विस्तार गर्नुका साथै नेताहरूको कार्यविभाजन समेत गरेको छ । जसमा पार्टी अध्यक्ष माधवकुमार नेपालले पार्टीको समग्र नेतृत्व गर्ने र संसदीय दलको नेताको रूपमा काम गर्ने उल्लेख गरिएको छ । त्यस्तै झलनाथ खनाललाई सम्मानित नेताका रूपमा राख्दै विदेश विभाग प्रमुखको जिम्मेवारी दिइएको छ ।

    नेताहरू मुकुन्द न्यौपाने र प्रदीप नेपाललाई क्रमशः उद्योग वाणिज्य विभाग इन्चार्ज र प्रतिष्ठानहरूको इन्चार्जको जिम्मेवारी दिएको छ । उपाध्यक्ष राजेन्द्र पाण्डेलाई राजकीय मामिला प्रमुख तथा उपाध्यक्षहरु क्रमश प्रमेश हमाललाई स्कुल विभाग,घनेन्द्र बस्नेत प्रदेश १ को इन्चार्ज, केदार न्यौपाने बागमती प्रदेश इन्चार्ज,केशवलाल श्रेष्ठ गण्डकी प्रदेश इन्चार्ज, धर्मनाथ प्रसाद साह प्रदेश २ इन्चार्ज र जयन्ती राईले महिला फाँट इन्चार्जको जिम्मेवारी पाएका छन् ।

    त्यसैगरी महासचिव डा. बेदुराम भुसालले संगठन र राष्ट्रिय सभा दलको नेताको जिम्मेवारी पाएका छन् भने उपमहासचिव प्रकाश ज्वालाले संगठन विभाग उपप्रमुख र कर्णाली प्रदेश इन्चार्जको जिम्मेवारी पाएका छन् ।

    गत असोज ५–७ मा बसेको पहिलो केन्द्रीय कमिटी बैठक र असोज २१ गते बसेको स्थायी कमिटी बैठकको निर्णयअनुसार पार्टीको केन्द्रीय कमिटीलाई पूर्णता दिँदै उनीहरूको कार्यविभाजन समेत गरेको हो । यसअघि १३५ सदस्यीय केन्द्रीय कमिटी रहेको एकीकृत समाजवादीले केन्द्रीय कमिटीलाई पूर्णता दिएसँगै ३ सय ३५ सदस्यीय बनेको छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ