• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights खेलकुद

    नेपाली राष्ट्रिय फुटबल टिम भोलि नेपाल आईपुग्ने

    374
    SHARES


    काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टिम भोलि (सोमबार) नेपाल आईपुग्ने भएको छ । साफ च्याम्पियनसिप फुटबलमा उपविजेता बनेको नेपाली टिम बिहान ९ बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल ओर्लने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ ।

    मालेमा शनिबार राति भएको फाइनलमा नेपाल भारतसँग ३-० ले पराजित भएको थियो । नेपालले लिग चरणमा नेपालले माल्दिभ्स र श्रीलंकालाई हराएको थियो भने बंगलादेशसँग बराबरी खेलेको थियो ।

    भारतको दबदबा

    सन् १९९३ मा पाकिस्तानको लाहोरमा पहिलो संस्करणको साफ च्याम्पियनसिप भएको थियो। त्यसयता साफका १३ संस्करण सम्पन्न भइसकेका छन्। १३ संस्करणमध्ये भारतले ८ पटक उपाधि जितेको छ।

    माल्दिभ्सले दुई पटक उपाधि जित्दा अफगानिस्तान, श्रीलंका र बंगलादेशले एक-एक उपाधि जितेका छन्। सन् २००५ देखि साफ खेलेको आफगानिस्तानले २०१५ मा अन्तिम पटक साफ खेलेको थियो। अफगानिस्तानले मध्य एसिया फुटबल महासंघमा आबद्ध हुन साफ छाडेको थियो।

    नेपाल, पाकिस्तान र भुटानले भने उपाधि जित्न सकेका छैनन्। प्रत्येक संस्करणको साफमा नेपालको लक्ष्य उपाधि जित्ने नै हुन्छ। तर मैदानमा नेपाल सफल हुन सकिरहेको छैन। साफको इतिहास हेर्ने हो भने भुटान र पाकिस्तान पछिको कमजोर टिम नेपाल हो।

    किनभने नेपाल १३ संस्करणमा एक पटक उपविजेता (२०२१) एक पटक तेस्रो (१९९३) हुँदा तीन पटक सेमिफाइनलबाट (२०११, २०१३, २०१८) बाहिरिएको छ। त्यसबाहेक ८ संस्करणमा नेपालको चुनौती समूह चरणमै समाप्त भएको छ।

     

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ