• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    आज पनि सर्वजनिक विदा

    312
    SHARES


    कैलाली । सरकारले आजपनि सर्वजनिक विदा दिएको छ । यो सुदूरपश्चिम प्रदेशको खबर हो ।

    नेपालीहरुको महान चाड विजया दशमीको तेश्रो दिन पनि सुदूरपश्चिम सरकारले प्रदेशभर सार्वजनिक विदा दिएको हो । त्यहाँको सरकारले हरेक बर्ष दशैंको तेश्रो दिन विदा दिदै आएको छ ।

    यसबर्ष संघीय सरकारले असोज २६ गते मंगलबारदेखि असोज ३० गते शनिबारसम्म अर्थात् फूलपातीदेखि एकादशीसम्म ५ दिन दसैं बिदा दिएपनि सुदूरपश्चिम प्रदेश सरकारले बिदा थप गरेको हो ।

    सोहीअनुरुप आज असोज ३१ गते पनि सुदूरपश्चिम प्रदेशमा सार्वजनिक बिदा हुने भएको हो । सुदूरपश्चिम प्रदेश सरकारले असोज ३१ गते दसैँकै अवसरमा थप एक दिन बिदा दिएको हो।

    २०७८ वैशाख १९ गते बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले गरेको निर्णयअनुसार प्रदेशभर भोलि पनि बिदा हुने आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता मोहनराज जोशीले जानकारी दिए।

    उनका अनुसार मन्त्रिपरिषद्को बैठकले गरेको निर्णयअनुसार सार्वजनिक बिदा सम्बन्धि सूचना प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले प्रदेश राजपत्रमा प्रकाशन गरीसकेको छ।

    संघीय सरकारले यो वर्ष असोज २६ गते मंगलबारदेखि असोज ३० गते शनिबारसम्म अर्थात् फूलपातीदेखि एकादशीसम्म ५ दिन दसैं बिदा दिएको थियो

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ