• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights खेलकुद समाचार

    आजदेखि टी-ट्वान्टी विश्वकप, उद्घाटनमा दुई खेल हुँदै

    540
    SHARES


    काठमाडौँ । आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेट आज शुरु हुँदैछ । युएई र ओमानमा संयुक्त रुपमा हुने विश्वकपको पहिलो दिन आइतबार दुई खेलहरु हुनेछ । आज पहिलो चरण अन्तर्गतका दुई खेलहरु हुनेछन् ।

    ओमानको अल अमारतमा हुने पहिलो खेलमा घरेलु टिम ओमान र पपुवा न्युगिनीबीच प्रतिस्पर्धा हुनेछ । ओमान र पपुवाबीचको खेल ३:४५ बजे सुरु हुनेछ । यस्तै दोस्रो खेलमा बंगलादेश र स्कटल्याण्डबीच प्रतिस्पर्धा हुनेछ । बंगलादेश र स्कटल्याण्डबीचको खेल ७:४५ बजे सुरु हुनेछ ।

    विश्वकपको पहिलो चरणमा ८ टोलीले प्रतिस्पर्धा गर्ने छन् । जसमा बंगलादेश, श्रीलंका, आयरल्याण्ड, नेदरल्याण्ड्स, स्कटल्याण्ड्स, नामिबिया, ओमान र पपुवा न्युगिनी भिड्नेछन् । यसका चार टिम सुपर १२ मा प्रवेश गर्नेछन् ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ