• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    काठमाडौंबाट विराटनगरका लागि उडेको फिस्टेल एयरको हेलिकप्टर अन्तै पुग्यो, केछ अवस्था ?

    628
    SHARES


    काठमाडौं । फिस्टेल एयरको हेलिकप्टर सुनसरीको इनरुवामा अवतरण गरिएको छ । काठमाडौंबाट विराटनगरका लागि उडेको हेलिकप्टर समयमा शनिबार साझ ६ः४० मा इनरुवाको सखुवागाछी नजिक खाली जग्गामा आकस्मिक अवतरण गरिएको हो ।

    जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार हेलिकप्टर सुरक्षित अवतरण गरिएको छ । तोकिएको समयमा विराटनगर नपुगेपछि एयर ट्राफिक कन्ट्रोलको निर्देशनअनुसार सखुवागाछी भन्ने ठाउँमा अवतरण भएको प्रहरी नायव उपरीक्षक डिएसपी नरेन्द्र कार्कीले जानकारी दिए ।

    डिएसपी कार्कीका अनुसार हेलिकप्टरमा चालक दलका सदस्यसहित चार जना सवार रहेका थिए । तोकिएको समयमा विराटनगर नपुगेकाे भनिए पनि केकति कारणले हेलिकप्टर पुगेन र आकस्मिक अवतर गर्नुपर्यो भन्ने बिषयमा केहि खुलैएको छैन, हेलिकप्टरको अवस्था सामान्य छ ।

    यसैबीच उता सल्यानमा मिनी बस दुर्घटना हुँदा १६ जना घाइते भएका छन् । जिल्लाको शारदा नगरपालिका १ श्रीनगरबाट छत्रेस्वरी गाउँपालिकाको लैसे जाँदै गरेको ना ४ ख ७१८९ नम्बरको यात्रुबाहक मिनी बस छत्रेस्वरी गाउँपालिका ३ नारेस्थित भित्रि सडक खण्डमा शनिबार बेलुकी ५ बजेतिर दुर्घटना भएको हो ।

    प्रहरीका अनुसार सहचालकले चलाएको मिनी बस अनियन्त्रित भएर दुर्घटनामा परेको हो । घाइते हुनेमा ८ बालबालिका पनि छन् ।

    दुर्घटनामा छत्रेस्वरी गाउँपालिका ३ की वर्ष २३ की छहारी बस्नेत ओली, नीजको १८ महिने छोरा प्रशान्त ओली, वर्ष ६५ की हुनिसा दाहाल, २६ की कविता रावत, उनको १० महिने छोरा अनमोल, वर्ष ६ का मोहनलाल खड्का, वर्ष २६ की संगीता डाँगी, उनको वर्ष ६ की छोरी पार्वती छन ।

    त्यस्तै वर्ष २४ की जीमा पुन, उनकी वर्ष ५ की छोरी सृष्टी, वर्ष ८ का छोरा शिशिर, शारदा नगरपालिका १ चैबाङ्गकी वर्ष २६ की रुमला केसी, उनको छोरा वर्ष ३ को निमेष, छत्रेस्वरी गाउँपालिका ३ की वर्ष ३ की आरती ओली, वर्ष ४ की भावना ओली र छत्रेस्वरी गाउँपालिका ४ का वर्ष १७ का एकराज बिक घाइते भएका छन् ।

    दुर्घटनामा घाइते भएका सबैको कर्णाली अस्पताल श्रीनगर सल्यानमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी तथा प्रहरी प्रवक्ता प्रहरी निरीक्षक अर्जुन पौडेलले बताए ।

    घाइते सबैको स्थानीय तथा प्रहरीद्वारा उद्धार गरिएको उनले जानकारी गराए । उनका अनुसार मिनी बस सडकदेखि २५ मिटर तल खेतमा खसेको थियो । मिनी बस चालक र सहचालक फरार रहेका र तिनीहरुको खोजी भइरहेको उनले बताए ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ