• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    खेलकुद

    फाइनल खेलअघि नै माल्दिभ्सबाट आयो नेपालीहरुका लागि खुशीको खबर, नेपाली टिम उत्साहित

    545
    SHARES


    माल्दिभ्स । माल्दिभ्सबाट नपालीहरुका लागि खुशीको खबर आएको छ । त्यहाँको राष्ट्रपति कार्यालयले आफ्नो कार्यालयमा कार्यरत नेपालीहरूलाई भारतविरूद्ध फाइनल खेल हेर्न छुट्टी दिएको छ।

    राजधानी मालेमा रहेको राष्ट्रपति कार्यालयमा करिब २५ को संख्यामा नेपालीहरू कार्यारत रहेको सन्तोष मगरले जानकारी दिए। नेपाल र भारत विरुद्ध चल्ने फाइनल खेल हेर्नका लागि छुट्टी दिइएको हो ।

    ‘राष्ट्रपति कार्यालयले नेपालीलाई फुटबल हेर्न छुट्टी दिएको यो पहिलो घटना हो,’ मगरले भने। माल्दिभ्समा नेपाली राजदूतावास नभएका कारण त्यहाँ साह्रोगाह्रो पर्ने नेपालीका लागि खटिने व्यक्तिको रुपमा परिचित छन्, मगर।

    माल्दिभ्सलाई हाल श्रीलंकामा रहेको नेपाली दूतावासले हेर्ने गर्छ। श्रीलंकामा रहेको नेपाली दूतावासले पनि केही समस्या परेको खण्डमा उनलाई नै भन्ने गर्छ।

    ‘आज हामी १५ सयदेखि २ हजारको हाराहारीमा रंगशालामा नेपालको समर्थनमा जाने छौं,’ उनले भने, ‘एक हजार जनाले त टिकटको लागि हिजोदेखि नै भनिरहेका थिए।’ मालेको राष्ट्रिय रंगशालाको दर्शक क्षमता ८ हजार बताइएको छ।

    मालेमा घरमा काम गर्ने नेपालीको पनि बाक्लो उपस्थिति छ। उनीहरूलाई पनि खेल हेर्न घर मालिकले छुट्टी दिएको मगर बताउँछन्। ‘आज प्रायः सबै कम्पनीले नेपालीलाई फुटबल हेर्न छुट्टी दिएका छन्। नदिए पनि नेपालीहरू काम छोडेर खेल हेर्न बस्छन्,’ उनले बताए।

    सन्तोष मगरले हिजो शुक्रबार दसैंमा नेपाली खेलाडीलाई टिका तथा जमरा ग्रहण गराउन पशुपतिनाथबाट टिका तथा जमरा मगाएका थिए। ‘मैले सवा दस बजेतिर टिमका म्यानेजर कृष्णभक्त मानन्धरलाई भेटेर जमरा र टिका दिएको थिए,’ उनले भने।

    माल्दिभ्समा १२ हजारको हाराहारीमा नेपाली कार्यरत रहेको मगर बताउँछन्। मालेभन्दा बाहिर अन्य टापुमा धेरै मात्रामा नेपालीहरू कार्यरत रहेको उनको भनाई थियो।

     

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया