• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    पत्रपत्रिका

    सभामुख सापकोटाको राजिनामा

    1.1K
    SHARES


    काठमाडौँ । तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि एमालेसँग रुष्ट बनेका सभामुख अग्नीप्रसाद सापकोटाको रिस अझै शान्त भएको छैन । एमालेसँग उनको प्रतिस्पर्धा जारी छ । उनी एमालेलाई जतिसक्दो पेल्न चाहान्थे । जुन सपना पुरा पनि भयो ।

    माधव पक्षका सांसदको पद जोगाएर उनले निकै ठूलो बदला लिए । हाल उनकै कारण प्रतिनिधि सभाको चालु अधिवेशन नियमित रुपमा सञ्चालन हुन सकेको छैन । प्रतिनिधि सभाको यो अधिवेशन सुरु भएदेखिनै अवरुद्ध छ । त्यसको मुख्य कारण सापकोटा बनेका छन्।

    नेकपा एमालेले पार्टी निर्देशन विपरित आफ्नै सरकार गिराउने र प्रतिपक्षी दलको नेतालाई प्रधानमन्त्री बनाउन मतदान गर्ने प्रतिनिधि सभा सदस्यलाई कारवाही गर्यो । उनीहरुलाई कारबाही गरेको जानकारी सूचना टाँसको लागि एमालेले सभामुख अग्नीप्रसाद सापकोटा समक्ष पठायो ।

    संविधानतः सभामुख सापकोटाले त्यो सूचना संसद् बैठक चलेको भए बैठकमा पढेर सुनाउनु पर्ने हो । प्रतिनिधि सभा बैठक नचलेको अवस्थामा उनले त्यो सूचना टाँस गर्नुपर्ने हो । एमालेले सूचना पठाएको बखत प्रतिनिधि सभा बैठक चलेको थिएन । सभामुखले सो सूचना टाँग गरेनन् ।

    जसले गर्दा एमालेको निर्देशन नमान्ने सांसदको पद कायमनै रह्यो । त्यो काम सभामुख अग्नीप्रसाद सापकोटाले एक्लै गरेनन् । उनले सत्ता गठबन्धनका नेपाली कांग्रेस, माओवादी केन्द्र, सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र एमाले फुटाउन चाहने माधव नेपालसँग मिलेर गरेको आरोप लाग्छ ।

    सभामुखले त्यो सूचना टाँस गरेको भए माधवकुमार नेपाल लगायत एमालेका माधव नेपाल लगायतको सांसद् पद जान्थ्यो । एमाले फुटाउन चाहने शक्तिको इच्छा पूरा हुने थिएन । किनकी माधव नेपालसँग कुनै सांसद् साथमा हुने थिएनन् । सांसद् नभएपछि पाटी फुटाउने कुरा सम्भव थिएन । सभामुखले संविधान र कानुनतः गर्नुपर्ने काम गरेनन् । किनकि उनी एमाले विरोधी शक्तिसँग मिलेका थिए ।

    एमाले फुटाउने षडयन्त्रमा सामेल भएका थिए । माधव पक्षीय सांसदलाई संरक्षण गरेर सभामुखले राखे । एमाले विरोधी गठनबन्धनको योजना अनुसार माधव नेपाललाई एमाले फुटाउन आवश्यक सांसद् संख्या पुग्ने गरी दल विभाजनसम्बन्धि अध्यादेश ल्याइयो । त्यही अध्यादेशको आडमा एमाले फुटाइयो । माधव नेपालको नेकपा एकिकृत समाजवादी नामको नयाँ पार्टी खुल्यो ।

    गठबन्धनको स्वार्थ सिद्ध भएपछि सो अध्यादेश फिर्ता लिइयो । किनकि सो अध्यादेश रहिरहे गठबन्धनकै दल फुट्ने जोखिममा थिए । अध्यादेश फिर्ता लिनुले पनि सो अध्यादेश एमाले फुटाउनकै लागि ल्याइएको प्रमाणित हुन्छ ।

    अहिले एमालेले कारबाही गरेका गैरसांसद्लाई समाजवादीको नयाँ विल्ला भिराएर सभामुखले प्रतिनिधि सभामा राखेर प्रतिनिधि सभा बैठक चलाई रहेका छन् । एमाले प्रतिनिधि सभाको चालु अधिवेशन सुरु भएदेखि तिनै गैरसांसदलाई हटाउनु पर्ने माग राखि बैठक अवरुद्ध गर्दै आएको छ ।

    बैठकमा सभामुख प्रतिपक्षी प्रति निर्मम र आक्रामक रुपमा प्रस्तुत हुँदै आएका छन् । बैठकमा छलफल त अघि बढ्न सकेको छैन तर सरकारलाई चाहिने ऐन, नियम बनाउन मन्त्रीहरुलाई म्याराथुन दौडाए जस्तै दौडाएर रोष्टममा पुर्याउने र बिल पेश गर्ने चाँचोपाँजो सभामुखले मिलाइरहेका छन् । प्रतिपक्षीको विरोधको बाबजुत पनि संसद् बैठक चलिरहेको छ ।

    सभामुख, प्रधानन्यायाधीश, सत्ता गठबन्धनका दल लगायतको मिलेमतोमा नै अहिसम्मका सबै काम भएको भन्ने कुरा भलिभाँती सबैले थाहा पाउने गरी छ्याङ्गै भइसकेको छ । तर सभामुख सापकोटा अझै लाज पचाएर आफू आत्मसमिक्षा गर्न तयार रहेको तर एमाले पनि सच्चिनुपर्ने बताउँन लागेका छन् ।

    उनले आत्मसमिक्षा गर्ने भनेको के ? सभामुखले कुनै अमुक दल वा गठबन्धनको सरकार जोगाउनको लागि, अमुक पार्टीको हितको लागि पदीय मर्यादा नै विर्सन मिल्छ ? सभामुख कुनै एउटा दलको कार्यकर्ता भएर प्रस्तुत हुन मिल्छ ?

    उनले ‘आत्मसमिक्षा गर्न सबैभन्दा पहिला पदबाट राजीनामा दिनुपर्दैन ?’ भन्दै एमालेबाट राजिनामा मागिएको छ । ‘ यस्तो व्यक्तिले कसरी सभामुखको जिम्मेवारी सम्हाल्न सक्छ ?’ भन्दै एमाले आक्रोशित छ । अबको विकल्प आत्मसमिक्षा होइन सभामुख, प्रधानन्याधीशले राजीनामा दिने, अनि देशको राजनीतिलाई नयाँ शिराबाट अघि बढाउने, अबको निकास यही रहेको एमालेको बुझाई छ । अब सभामुखको हातमा संसद चल्ने नचल्ने कुरा रहेको देखिन्छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ