• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Uncategorized

    प्रधानमन्त्री देउवाद्वारा दाहालको निधनप्रति दुःख व्यक्त

    1.4K
    SHARES


    काठमाडौ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको ओखलढुङ्गाका महासमिति सदस्य एवं जिल्ला कार्यसमितिका पूर्वसचिव मित्रसेन दाहालको निधनप्रति दुःख व्यक्त गरेका छन्। दाहालको २०७७ फागुन ७ गते बिहान काठमाडौँको ओम अस्पतालमा उपचारका क्रममा हृदयघातबाट निधन भएको हो।

    सभापति देउवाले शोक विज्ञप्तिमार्फत स्व दाहालले पार्टी र नेपालको लोकतान्त्रिक आन्दोलनमा निर्वाह गरेको भूमिकाको स्मरण गर्दै उनको आत्माको चिरशान्तिको कामना र शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन्।

    विसं २०१९ मङ्सिर ४ गते ओखलढुङ्गाको बरुणेश्वर–४ मा जन्मनुभएका दाहाल विसं २०७४ मा सम्पन्न प्रदेशसभा निर्वाचनमा कांग्रेसको तर्फबाट उम्मेदवार थिए। स्व दाहालले कांग्रेसद्वारा सञ्चालित विसं २०४२ को सत्याग्रह र लोकतान्त्रिक आन्दोलनका क्रममा पटक–पटक गरी डेढ वर्ष जेल जीवनसमेत व्यतीत गरेको पार्टी कार्यालयले जनाएको छ।

    स्व दाहाल राजनीतिक क्षेत्रका साथै लामो समयदेखि दर्जनौँ सरकारी तथा गैरसरकारी, व्यावसायिक, सामाजिक, शैक्षिक र विविध सङ्घसंस्थामा संलग्न रहँदै आएका थिए।

    दाहालले कांग्रेसको सङ्गठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेका थिए। दाहालको श्रीमती, दुई छोरा र एक छोरी छन् ।उनको पार्टीको बिषेश सम्मानमा पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको थियो।

    तीनवटा प्रदेश सरकारको नेतृत्व फेरिँदै:  कांग्रेस, माओवादी र नेकपा एसबाट दुई–दुई प्रदेशमा मुख्यमन्त्री, जसपालाई प्रदेश २ को सरकारको नेतृत्व।

    पाँचदलीय गठबन्धनले संघीय सरकारको मन्त्रिपरिषद्लाई पूर्णता दिएसँगै तत्कालै तीनवटा प्रदेश सरकारको नेतृत्व पनि परिवर्तन गर्ने भएको छ । गठबन्धन दलहरूले दसैँलगत्तै सुरु गरेर तिहारपूर्व नै प्रदेश १, बागमती प्रदेश र कर्णाली वा सुदूरपश्चिममध्ये एक प्रदेशमा सरकार परिवर्तन गर्ने निश्चित गरेका छन् ।

    केन्द्रमा सत्ता–राजनीतिको खेल सुरु भएसँगै बहसमा आएको प्रदेश सरकार परिवर्तनको विषयमा गठबन्धन दलहरूले आन्तरिक तयारीलाई तीव्र बनाएका छन् । सोहीअनुसार गठबन्धन दलहरू आफ्नो नेतृत्व नभएको प्रदेश १ र बागमती प्रदेशमा भर्खरै मात्रै नियुक्त भएका भीम आचार्य र अष्टलक्ष्मी शाक्यलाई विश्वासको मतमार्फत हटाउने तयारीमा छन् ।

    गठबन्धन दल एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले केही दिनअघि मात्रै छिट्टै बागमती प्रदेश र प्रदेश १ सरकारको नेतृत्व परिवर्तन हुने र त्यसको नेतृत्व आफ्नो पार्टीले गर्ने सार्वजनिक अभिव्यक्ति दिएका थिए । साथै उनले अन्य प्रदेशमा पनि आफ्नो पार्टीको सम्मानजनक हैसियत हुने बताएका थिए । त्यसैको भोलिपल्ट आइतबार बागमती प्रदेशमा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत लिने प्रस्ताव प्रदेश सभामा दर्ता गराएकी छिन् ।

    तर, मत विभाजन भने दसैँपछि ४ कात्तिकमा बस्ने प्रदेश सभाको बैठकबाट हुने भएको छ । अल्पमतमा रहेकी मुख्यमन्त्री शाक्यको पद त्यसपछि गुम्ने निश्चित छ । यस्तै, प्रदेश १ मा केही समयका लागि बसेको बैठक स्थगित गरेपछि सूचना टाँस गरेर ५ कात्तिकसम्मका लागि स्थगित गरिएको छ । अल्पमतमा परेकी मुख्यमन्त्रीले २५ असोजमा विश्वासको मत लिने प्रक्रिया अघि बढाउनुपर्ने बाध्यकारी अवस्था थियो ।

    दल विभाजनपछि प्रस्ट अल्पमतमा परेका प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले आइतबार पनि विश्वासको मत लिने प्रस्ताव संसद्मा दर्ता गराएनन् । दसैँपछि मात्र विश्वासको मत लिने योजनाअनुसार आचार्यले मुख्यमन्त्री नियुक्त भएको अन्तिम समयावधि २४ असोज नाघिसक्दा आइतबार पनि प्रदेश सभामा विश्वासको मत लिन प्रस्ताव दर्ता नगरेका हुन् ।

    दल विभाजनपछि निर्वाचन आयोगले २५ भदौमा प्रदेश सभालाई सनाखत भइसकेको औपचारिक जानकारी प्रदेश १ सभालाई गराएको थियो । तर, सत्ताधारी दल एमालेले चाहिँ दल विभाजन भएर औपचारिक रूपमा प्रदेश सभामा पत्र दर्ता भएको मितिलाई अन्तिम समयावधि बनाएको छ । एकीकृत समाजवादीले संसदीय दल गठन गरेर २८ असोजमा मुख्यमन्त्री आचार्य नेतृत्वको समर्थन फिर्ता लिएको पत्र औपचारिक रूपमा प्रदेश सभा सचिवालयमा दर्ता गराएको थियो ।

    दुवै प्रदेशका मुख्यमन्त्रीले तत्काल विश्वासको मत लिनुपर्ने संवैधानिक बाध्यता छ । व्यवस्थाअनुसार मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्छ । अल्पमतमा रहेका प्रदेश १ का मुख्यमन्त्री आचार्य र बागमती प्रदेशकी मुख्यमन्त्री शाक्यले पद गुमाउने निश्चित भएको छ ।

    गठबन्धन दलहरूले दुवै प्रदेशको मुख्यमन्त्री एकीकृत समाजवादीलाई दिने पूर्वसहमति गरिसकेका छन् । त्यसो हुँदा प्रदेश १ मा राजेन्द्र राई र बागमती प्रदेशमा राजेन्द्र पाण्डे मुख्यमन्त्री हुने सम्भावना रहेको एकीकृत समाजवादीका नेताहरूको भनाइ छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ