• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    सर्पको टोकाईबाट झाँक्रीको मृत्यु

    459
    SHARES


    काठमाडौँ । फुङलिङ–९ हाङदेवाका २५ वर्षीय कृष्णबहादुर घतानीको सर्पको टोकाईबाट मृत्यु भएको छ। भाइरल झाँक्री नामले परिचित उनलाई गएराति घरमै सर्पले टोकेको थियो।

    जिल्ला अस्पतालमा उपचारका क्रममा शनिबार बिहान मृत्यु भएको ताप्लेजुङ प्रहरी प्रमुख डीएसपी बालनरसिंह राणाले जानकारी दिए। सर्पले डस्नासाथ घतानीलाई झाँक्रीकोमा लगिएको थियो। त्यहाँ झारफुक गर्दा अवस्था झन गम्भीर भएपछि मात्रै अस्पताल लगिएको मृतकका छिमेकी संविधानसभा सदस्य संचपाल मादेनले बताए।

    ‘धामीको भर पर्दा अस्पताल लैजान ढिला भयो,’ उनले भने, ‘दसैंको टीकाको दिन भएकाले एम्बुलेन्स पनि समयमा पाइएन।’ मृतक घतानी आफैं पनि घरमा थान स्थापना गरेर झारफुक गर्थे।

    सिरहामा इनारभित्र एक युवक मृत फेला परेका छन् । जिल्लाको नरहा गाउँपालिका ३ स्थित इनारमा गोलबजार नगरपालिका ८ बस्ने २० वर्षीय शत्रुधन महतो शनिबार बिहान मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

    महतोलाई इनारमा डुबेको अवस्थामा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । घटनास्थलमा पुगेको प्रहरी टोलीले युवकको शव निकालेर पोष्टमार्टमका लागि पठाउने तयारी गरेको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी निरीक्षक अवधकिशोर ओझाले जानकारी दिए ।

    स्थानीयका अनुसार युवक नरहामै आयोजित झिझिया नाच हेर्न शुक्रबार राति गएका थिए । नाच हेर्ने क्रममा केही युवकबीच झगडा भएको थियो ।

    झगडा र महतोको मृत्युको सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।  ‘हामीले युवक इनारमा डुबेको विषयमा अनुसन्धान शुरु गरेका छौं,’ प्रहरी निरीक्षक ओझाले भने, ‘तत्काल केही भन्ने अवस्था छैन ।’

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ