• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    बबई नदीमा बेपत्ता पुरुषको खोजी जारी

    262
    SHARES


    दाङ । सल्यानमा नुहाउने क्रममा शुक्रबार बेपत्ता भएका एक पुरुषको खोजी कार्य शनिबार पनि जारी छ। जिल्लाको कालीमाटी गाउँपालिका वडा नं. ७ बाटुलेका ३५ वर्षीय श्याम बिक शुक्रबार नुहाउने क्रममा बबई नदीमा बगेर बेपत्ता भएका थिए।

    शुक्रबार प्रहरी र स्थानीयले दिनभर खोज्दा पनि बिकलाई फेला पार्न नसकिएको हुँदा शनिबार बिहानदेखि फेरि खोजी कार्य सुरू भएको जानकारी जिल्ला प्रहरी प्रमुख डिएसपी गोविन्द थापाले दिए।

    सल्यान र बर्दियाको सिमाना जोडिने स्थान बाटुलेमा बबई नदीमा पानी धेरै ठूलो रहेको हुँदा बिक बग्न पुगेको डिएसपी थापाले बताए। ‘उहाँ श्रीमतीसँगै नुहाउन भनेर बबईमा जानुभएको रहेछ,’ डिएसपी थापाले भने, ‘तर उहाँले बिहानै मदिरा सवेन गरेको कुरा खुल्न आएको छ।’

    शनिबार बिहानैदेखि बिकको खोजी कार्यका लागि घुइयाबारीको प्रहरी र सर्वसाधारण समेत खटिएको डिएसपी थापाले जानकारी दिए।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया