• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    अन्तराष्ट्रिय

    ठुलो मानवीय क्षति हुनेगरी फेरी भयो शक्तिशाली ब’म वि’स्फोट, यसो भन्छन् प्रत्यक्षदर्शी

    450
    SHARES


    काठमाडाैं । अफगानिस्तानको कान्दाहार सहरमा शुक्रबार प्रार्थनाको समयमा शिया मस्जिदमा भएको वि’स्फोटमा परी कम्तीमा १६ जनाको मृत्यु भएको छ भने ३२ जना घाइते भएका छन् ।

    सामाजिक सञ्जालमा सेयर गरिएका बिबी फातिमा मस्जिदका तस्बिरहरूमा सिसाहरू फुटेको, मानिसहरू भुइँमा लडिरहेको र अन्यले मद्दत गर्ने प्रयास गरिरहेको देख्न सकिन्छ ।

    विस्फोटको कारण हालसम्म स्पष्ट भएको छैन तर आत्मघाती ब’म हमला भएको हुनसक्ने आशङ्का गरिएको छ । एक प्रत्यक्षदर्शीले एएफपीलाई तीनवटा वि’स्फोटका आवाजहरू सुनेको बताएका छन् – पहिलो मुख्य द्वारमा, दोस्रो प्रार्थना गर्नेहरूले हात धुने ठाउँमा र अर्को तेस्रो ।

    शुक्रबार प्रार्थना गर्नेहरूको धेरै भीड लाग्ने गर्दछ । विस्फोटको समयमा मस्जिद भरिभराउ रहेको बताइएको छ । एएफपीका पत्रकारका अनुसार घटनास्थलमा कम्तीमा १५ वटा एम्बुलेन्सहरू देखिएका थिए ।

    हाल सो क्षेत्रलाई तालिवानको विशेष दस्ताले सुरक्षित गरेको छ । बीबीसी अफगानिस्तानका पत्रकार सेकुन्दर करमानीले आईएस–के ले यो घटनाको जिम्मेवारी लिन सक्ने बताएका छन् ।

    गत शुक्रबार मात्र कुन्दुज सहरको शिया मस्जिदमा भएको आत्मघाती आक्रमणमा कम्तीमा ५० जनाले ज्यान गुमाएका थिए । उक्त घटनाको जिम्मेवारी आईएस–के लिएको थियो ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया