• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    दसैँमा दक्षिणा पाउनुभयो ! अब यसो गर्नुस्, नत्र कारबाहीमा परिएला

    848
    SHARES


    काठमाडौँ । दसैँमा टीकाको जति महत्त्व छ, त्यति नै दक्षिणाको पनि । ठुलाबडाको हातबाट आशीर्वाद टीका ग्रहण गरिसकेपछि दक्षिणाको रूपमा नगद पैसा पाइन्छ । जुन तपाईँले पनि पाउनुभयो होला । वा पाउँदै हुनुहुन्छ । याद गर्नु होस्, अब तपाईँले पाउने पैसा कसरी सुरक्षित राख्ने ?

    नोटको सुरक्षा गर्न नोटलाई सकभर वालेट वा पर्समा नपट्याईकन राख्नुहोस् । सकभर नोटमा कुनै पनि प्रकारको रङ नदल्नुहोस् । नोटमा जथाभाबी लेख्ने, केरमेट गर्ने वा स्टिच गर्ने पनि नगर्नुहोस् । नोटलाई जलाउने वा च्यात्ने जस्ता गैर ऐन विपरीतका काम झुक्किएर पनि नगर्नुहोस् ।

    ​थाहा छ, यस्तो गतिविधि गरेमा तपाई जेल समेत जानुपर्ने हुन सक्छ । नोटको दुरुपयोग वा जथाभाबी प्रयोगलाई नेपाल राष्ट्र बैङ्कले ऐनमा नै व्यवस्था गरेर दण्डनीय बनाएको छ । मुलुकी अपराध संहिता २०७४ ले नोटमा फोहोर गर्ने जथाभाबी केरमेट गर्नेलाई ३ महिना जेल र ५ हजार जरिवानाको व्यवस्था गरेको छ ।

    प्रायः सुकिला र कटकटिएका नयाँ नोट दसैँ तिहारमा नै प्रयोगमा ल्याइन्छ । फेरि नोटको हिफाजतको चुनौती पनि यही दसैँ–तिहारमा नै बढी हुने गर्छ । किनकि दसैँ तिहारमा दक्षिणाका रूपमा प्रयोग गरिने नोटमा अबीर, केशरी, तथा पानी छर्कने चलन छ । सकभर यसो नगर्नुहोस् ।

    बरु दक्षिणास्वरुप प्राप्त गर्ने रकमलाई हिफाजतसाथ राख्नुहोस् र कुनै राम्रो प्रतिफल दिने क्षेत्रमा लगानी गर्नुहोस् । ता कि यो लगानीले तपाईँको भविष्य उज्ज्वल हुन सकोस् ।

    जियादशमीका दिन चन्द्रमा मकर राशिमा रहेकाले टीका लगाइमाग्ने मानिस पूर्व फर्कनुपर्ने समितिले जनाएको छ । लगाइदिने मानिस पश्चिम फर्कँदा मकर राशिमा रहेका चन्द्रमा दाहिने हुन्छन् । चन्द्रमा दाहिने वा सम्मुख पारेर टीका लगाउनुपर्ने शास्त्रीय मान्यता छ ।

    विजयादशमीका दिन आफ्ना मान्यजनबाट टीका ग्रहण गर्दा अरू फूलको सट्टा समृद्धिको प्रतीक पहेँलो जमरा नै प्रयोग गरिन्छ । घटस्थापनाका दिन राखिएको जमरा आज नवदुर्गाको प्रसादका रुपमा लगाइन्छ ।

    घटस्थापना गरिएको पूर्ण कलशबाट अभिषेक गरी नवदुर्गाको प्रसादस्वरुप रातो टीका र जमरा लगाउने वैदिक सनातनी परम्परा छ । केही जाति र सम्प्रदाय विशेषले भने आज सेतो अक्षताको टीका लगाएर पनि विजयादशमी पर्व मनाउँछन् । औषधीय गुणले युक्त जौको जमराले १०० भन्दा बढी रोग निको हुने आयुर्वेद चिकित्सक डा शेषराज आचार्य बताउँछन् ​।

    असत्यमाथि सत्य र आसूरी शक्तिमाथि दैवी शक्तिको विजयका रूपमा बडादसैँ पर्व मनाउने परम्परा बसेको शास्त्रीय प्रमाण रहेको छ । यस पर्वअन्तर्गत नवरात्रिका उपलक्ष्यमा घटस्थापनादेखि नौदिनसम्म विभिन्न शक्तिपीठ तथा दसैँघरमा प्रत्येक दिन पूजाअर्चनासहित दुर्गा सप्तशती चण्डी र भगवतीको स्तोत्र पाठ गरेपछि त्यसको प्रसाद आजदेखि कोजाग्रत पूर्णिमामा अखिल बलि पूर्ति नभएसम्म लगाइन्छ ।

    ​नौदिनसम्म दसैँघरमा दुर्गा भवानीको पूजाआराधना गरी राखिएको जमरासहितको टीका आजदेखि पाँच दिनसम्म लगाउने प्रचलन छ । पूजाकोठा तथा दसैँघरमा विधिपूर्वक राखिएको जमरा आजैका दिन देवीपूजा विसर्जन गरी निकालिएपछि पूर्ण घडाको जलले अभिषेक गरी आफ्ना मान्यजनबाट श्री नवदुर्गा भवानीको प्रसाद, टीका र जमरा लगाई आशीर्वाद थापिन्छ ।

    आजका दिन परिवारमा आफूभन्दा ठूलाबडा, बाजेबज्यै, बाबुआमा, गुरूपुरोहित तथा मान्यजनको हातबाट नवदुर्गा भवानीको टीका, जमरा तथा प्रसाद थापी उनीहरूबाट यश, ऐश्वर्य वृद्धि तथ दीर्घायु प्राप्त होस् भनी आशीर्वाद लिने गरिन्छ । शरद ऋतुको घमाइलो वातावरणले पनि दसैँको आनन्द अझ बढ्ने गर्छ । अझ गाउँघरका फाँटमा भरिभराउ पहेँलो धानले पनि समृद्धिका रुपमा दसैँलाई स्वागत गरिहेको हुन्छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया