• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    अन्तराष्ट्रिय समाचार

    न्यायाधीशविरुद्धको राजधानीमा गो’ली चल्यो, ६ जनाको मृत्यु

    1.5K
    SHARES


    काठमाडौँ । न्यायाधीशविरुद्धको राजधानीमा गोली हानाहान भएको भएको छ । लेबनानमा न्यायाधीशविरूद्धको प्रदर्शनमा गोली हा’नाहा’न हुँदा कम्तीमा ६ जनाको मृत्यु भएको छ ।

    राजधानी बेइरुतमा गो’ली हा’ना’हानमा हुँदा अरु ३२ जना घाइते भएका छन् । हिं’सा शिया मुस्लिम समूह हेजबोल्लाह र आमलले न्यायाधीशविरुद्ध गरेको प्रदर्शनका क्रममा भएको हो । क्रिश्चियन मिलिसिया र शिया सदस्यहरूबीच सडकमा गो’ली हा’ना’हान भएको बीबीसीले जनाएको छ ।

    उनीहरूले लेबनिज फोर्सेस (एलएफ) को खेमाका क्रिश्चियन बन्दुकधारीहरूले भिडमा गोली चलाएको आरोप लगाएका छन्। एलएफले उक्त आरोप अस्वीकार गरेको छ। गत वर्ष तटीय सहरमा भएको ठूलो वि’स्फोटनमा कम्तीमा २१९ जनको ज्यान गएको थियो ।

    उक्त वि’स्फोटको संलग्नताको विषय अनुसन्धान भइरहँदा हेजबोल्लाह र उसका समर्थकहरूले न्यायाधीश तारेक बितार पूर्वाग्रही भएको आरोप लगाउँदै आएका छन् । तर पीडित परिवारले उनको कामको समर्थन गरिरहेका छन् ।

    त्यस्तै यता नर्वेको राजधानी ओस्लोदेखि दक्षिण–पश्चिममा पर्ने कोंग्सबर्गमा बुधबार साँझ एक व्यक्तिले गरेको तीर आक्रमणमा परी पाँच व्यक्तिको हुनुका साथै अन्य दुई घाइते भएका प्रहरी स्रोतले जनाएको छ । स्थानीय समयानुसार बुधबार साँझ ६ः१३ बजे उक्त आक्रमण भएको बताइएको छ ।

    सन्दिग्ध आक्रमणकारी ३७ वर्षीय डेनिश नागरिकलाई गिरफ्तार गरिएको प्रहरीले जानकारी दिएको छ । डेनिश नागरिकले अन्धाधुन्ध एक्लै तीर आक्रमण गरेको प्रहरीको अनुमान रहेको छ । के कति कारण आक्रमण भएको सो भने थाहा हुन नसकेको प्रहरीले जनाएको छ ।

    हताहत भएकाहरुका केही सुपरमार्केटमा फेला परेका थिए । जसमध्ये ड्युटीमा नरहेका एकजना प्रहरी अधिकारीको अस्पतालमा उपचार भइरहेको बताइएको छ ।

    नर्वेकी प्रधानमन्त्री एर्ना सोल्बर्ग डरलाग्दो आक्रमण भएको भनी यस आक्रमणको निन्दा गरेकी छन् । यो कार्य आतङ्कवादीको हो या होइन भन्ने विषयमा अनुसन्धान भइरहेको उनले बताइन् ।

    घटनापछि भएको पत्रकार सम्मेलनमा प्रधानमन्त्रीले ‘मलाई थाहा छ कि धेरै मानिसहरू त्रसित भएका छन्,’ तर अवस्था अहिले प्रहरीको नियन्त्रणमा छ भन्ने कुरा पनि बुझ्नुपर्छ’ भनेकी छन् ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया