• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    गुल्मीमा जिप दुर्घटनामा तीनको मृत्यु, ६ जना घाइते

    610
    SHARES


    काठमाडाैं । आज बडा दसैँको दिन बिहानै दुखद खबर प्राप्त भएको छ । गए राति जिप दुर्घटना हुँदा यहाँ तीनजनाको मृत्यु र अन्य छजना घाइते भएका छन् ।

    बुटवलबाट गुल्मीको सदरमुकाम तम्घास आउँदै गरेको लु१ज ४४९० नम्बरको जिप गए राति रेसुङ्गा नगरपालिका–१०स्थित पाँचरातेमा दुर्घटना भएको हो ।

    दुर्घटनामा परी ज्यान गुमाउनेमा मुसिकोट नगरपालिका-२ जलजलेका ७० वर्षीय क्षेत्रबहादुर थापा, सोही ठाउँका ४६ वर्षीया राधिका थापा र मुसिकोट नगरपालिका–३ चुँदारी गाउँका १९ वर्षीया सङ्गीता सुनार रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक गोपालचन्द्र भट्टराईले जानकारी दिए ।

    उनीहरुको उपचारका क्रममा तम्घासस्थित गुल्मी अस्पतालमै मृत्यु भएको थियो । दुर्घटनामा परी घाइते भएकामध्ये पाँच जनालाई थप उपचारका लागि पाल्पा लगिएको छ भने एक जनाको गुल्मी अस्पतालमै उपचार भइरहेको छ ।

    सदरमुकाम तम्घास नजिकै दुर्घटना भएका कारण तत्कालै नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले राति नै उद्धार गरेको थियो । उक्त जिप अनियन्त्रित भई सडकबाट ५०० मिटर लत खसेको थियो ।

    उता कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले मुुगुमा मङ्गलबार भएको बस दुर्घटनाको छानबिन गर्न समिति गठन गरेको छ ।

    बस दुर्घटनाको सत्यतथ्य पत्ता लगाई १० दिनभित्र प्रतिवेदन पेस गर्न प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वीरेन्द्रवीर विश्वकर्माको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको सो कार्यालयले जनाएको छ ।

    समितिमा प्रदेश प्रहरी कार्यालयका प्रहरी निरीक्षक जीवन लामिछाने र प्रदेश ट्राफिक प्रहरी कार्यालयका हबल्दार हरि लामिछाने सदस्य रहेका छन् ।

    नेपालगञ्जबाट मुगु सदरमुकाम गमगढी जाँदै गरेको छायाँनाथ रारा यातायात प्रालिद्वारा सञ्चालित भे१ख ३१६७ नंको उक्त बस मङ्गलबार जुम्ला-मुगु सडक खण्डमा पर्ने पिनातपने खोलामा दुर्घटना हुँदा ३२ जनाको मृत्यु भएको थियो भने १३ जना घाइते भएका थिए ।

    समितिले घटनाको अनुसन्धान प्रतिवेदन तयार गरी प्रदेश प्रहरी प्रमुख एवं प्रहरी नायब महानिरीक्षक गणेशबहादुर ऐरसमक्ष पेश गर्नेछ ।

    चालकको सिटमुनिको टायर पङ्चर भई दुर्घटना भएको प्रारम्भिक अनुमान गरिए पनि छानबिन समितिको स्थलगत अनुसन्धान प्रतिवेदनका आधारमा वास्तविक कारण पत्ता लाग्ने बताउँदै प्रहरी नायब महानिरीक्षक ऐरले भने, ‘बस, सडक वा चालक कसको के कमजोरीका कारण दुर्घटना हुन पुग्यो त्यसको अध्ययन हुनेछ।’

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ