• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    रूबी खानलाई रिहा गर्ने आदेश सर्वोच्चको आदेश

    1.1K
    SHARES


    काठमाडौँ । महिलाको न्यायका लागि नेपालगन्जदेखि काठमाडौंसम्म पैदल यात्रा गरेकी रूबी खानलाई सर्वोच्च अदालतले रिहा गर्न आदेश दिएको छ। न्यायाधीश अनिलकुमार सिन्हाको इजलासले बिहीबार रुबीलाई सर्वोच्चका सहरजिस्ट्रारको रोहवरमा रिहा गर्न आदेश दिएको हो।

    उक्त आदेशपछि जिल्ला प्रहरी कार्यालय, बाँकेको हिरासतमा रहेकी खान रिहा भएकी हुन्। सर्वोच्चले खानलाई धरपकड नगर्न पनि आदेश दिएको छ। त्यस्तै अधिकारकर्मी रुबी खानले आफू अझै पनि असुरक्षित रहेको बताएकी छन् । उनले सरकारले आन्दोलनलाई तितरबितर पार्नका लागि आफूमाथि झुटो मुद्दा लगाएको जिकिर गरिन् ।

    ‘ममाथि प्रहरीले झुटो मुद्दा लगायो । आन्दोलन रोक्नका लागि जालझेल गर्यो । ममाथि मुद्दा नै थिएन । जबरजस्ती मुद्दा लगाउने कोसिस गरिएको छ । मलाई अहिलेसम्म पक्राउ पुर्जीसमेत दिएको छैन,’ उनले भनिन्, ‘मलाई अझै पनि डर छ, अझै पनि प्रहरीले जुनसुकै बेला पक्राउ गर्न सक्छ । जति पटक पक्राउ गरे पनि मलाई केही छैन । हामीलाई न्याय पाउँछौं भन्ने आशा छ । हामी न्याय नलिईकन नेपालगन्ज फर्किदैनौं ।’

    बाँकेकी नकुन्नी धोबीको मृत्यु तथा निर्मला कुर्मीको अपहरण गरी ह’त्या भएको भनिएको घटनामा अनुसन्धान माग गर्दै नेपालगन्जबाट २० दिन पैदल हिँडेर काठमाडौं आएको टोलीको नेतृत्व गरेकी खानलाई जिल्ला प्रहरी कार्यालयको पत्रबमोजिम भन्दै महानगरीय प्रहरी वृत्त सिंहदरबारले पक्राउ गरी गत २३ गते नेपालगन्ज पठाएको थियो ।

    तर, सर्वोच्च अदालतले नै प्रहरीले पूर्वाग्रह राखी खानलाई पक्राउ गरेको ठहर गर्दै रिहा गर्न आदेश दिएपछि उनी बिहीबारै छुटेकी हुन् । अधिवक्ता मोहना अन्सारीले रुबीका तर्फबाट बन्दी प्रत्यक्षीकरणको निवेदनमा दायर गरेकी थिइन् ।

    त्यही रिटको सुनुवाइका क्रममा न्यायधीश अनिलकुमार सिन्हाको इजलासले बिहीबार नै खानलाई हिरासतमुक्त गर्न आदेश दिएको थियो ।अदालतको आदेशपछि दुवै घटनामा गम्भीरतापूर्वक अनुसन्धान नगरेको तथ्य बाहिरिएपछि बाँके प्रहरीले बहुविवाहको झुटो जाहेरी खडा गरेर रुबीलाई पक्राउ गरेको खुलेको छ ।

    रुबीले आफूले पहिलेका श्रीमान्‌सँग सम्बन्ध विच्छेद गरिसकेपछि मात्रै अर्को विवाह गरेको बताएकी छन् ।श्रोतकाअनुसार भदौ २३ मा परेको रुबीविरुद्ध बहुविवाहको जाहेरी देखाएर प्रहरीले उनलाई पक्राउ गरेको थियो ।

    जबकि उनले श्रीमान् शेर वागवानसँग १८ साउनमै सम्बन्ध विच्छेद गरिसकेकी थिइन् । जाहेरी पर्नुअघि नै बाँके जिल्ला अदालतबाट रुबी र उनका श्रीमानबीच सम्बन्धविच्छेदको प्रमाणीकरण भइसकेको थियो । आफैंले सम्बन्ध विच्छेद प्रमाणीकरण गरेको भए पनि त्यसविपरीत हुने गरी बाँके जिल्ला न्यायाधीशले पक्राउ पूर्जी जारी गरेका थिए ।

    सर्वोच्च अदालतले जिल्ला अदालतको यस्तो कार्यलाई न्यायिक मनको प्रयोग नभएको रूपमा लिएको छ । रुबीलाई थुनामुक्त गर्ने आदेशमा सर्वोच्चले भनेको छ, ‘जाहेरी दरखास्तमा कुनै प्रमाण पेश नहुनु तथा जिल्ला अदालतबाट आफ्नै अदालतमा भएको मिसिलतर्फ ध्यान नदिई, कुनै तथ्य नहेरी, न्यायीक मन प्रयोग नगरी व्यक्तिको वैयक्तिक स्वतन्त्रताको विषयमा यान्त्रिक रुपमा पक्राउ पुर्जी जारी गर्ने अनुमति दिनुलाई सामान्य रुपमा हेर्न सकिएन ।’

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ