• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    अन्तराष्ट्रिय

    प्रधानमन्त्रीद्वारा एकाएक संसद विघटनको घोषणा, तोकियो आमनिर्वाचनको मिति

    2K
    SHARES


    काठमाडौँ । प्रधानमन्त्रीले आगामी आमनिर्वाचनका लागि संसदको तल्लो सदन प्रतिनिधिसभा विघटन गरेका छन्। बिहीबार बसेको बैठकलगत्तै संसद विघटन भएको जानकारी दिएका हुन्।  जापानका प्रधानमन्त्री फुकिओ किशिदा जापानी अधिकारीहरूले बताएका छन्

    यहाँ आगामी अक्टोबर ३१ तारिखमा संसदीय निर्वाचन हुने भएको छ। प्रतिनिधिसभाको कार्यकाल यही अक्टोबर २१ सम्म बाँकी छ। त्यसलगत्तै अक्टोबर ३१ मा निर्वाचनको तयारी थालिएको छ।

    सत्तारूढ एलडिपी (लिबरल डेमोक्रेटिक पार्टी) को पार्टी अध्यक्षको निर्वाचन जितेपछि फुकिओ किशिदा जापानका प्रधानमन्त्री नियुक्त भएका थिए। लगत्तै उनले अर्काे आमनिर्वाचनको तयारी थालेका थिए।

    किशिदा जापानको प्रधानमन्त्रीमा नियुक्त भएको अक्टोबर ४ तारिखकै दिन उनले तुरून्तै नयाँ निर्वाचनको तयारी थाल्ने बताएका थिए प्रधानमन्त्री किशिदाले जापानको आर्थिक मन्दीमा कारक रहेको महामारीको अन्त्य गर्ने र यसबाट क्षति पुगेको अर्थतन्त्रलाई राहत दिने कार्यक्रम ल्याएका छन्।

    उनले आफूले घोषणा गरेका आर्थिक कार्यक्रमहरू कार्यान्वयन गर्न आमनिर्वाचनमा आमनागरिकको सहयोग आवश्यक रहेको बताएका छन्। देशमा आर्थिक विकासका प्रभावकारी कार्यक्रम ल्याउने भन्दै त्यसका लागि सहयोग गर्न सबै मतदातासँग उनले आग्रह गरेका छन्।

    त्यस्तै उता उत्तर कोरियाली नेता किम जोङ उनले हतियार प्रणालीको एक दुर्लभ प्रदर्शनीको समीक्षा गर्दै एक “अजेय” सैन्य शक्ति निर्माण गर्ने प्रतिज्ञा गरेका छन् ।

    उक्त अवसरमा आफ्नो उक्त भनाइ पुष्टि गर्दै अमेरिकाले तनाव पैदा नगर्ने र उत्तर कोरिया सँग कुनै शत्रुता नभएको प्रमाणित गर्ने कुनै कदम नचालेको आरोप समेत लगाएका छन् ।

    वाशिंगटन र सियोलका बीच स्पष्ट संवादको सन्दर्भ उल्लेख गर्दै भनेका छन् उक्त सेना निर्माणका लागि उनको अभियान दक्षिण कोरिया वा अरू कतैतिर लक्षित छैन । उनले स्पष्ट भनेका छन् अब कोरियाली जनता एक अर्काका विरुद्ध लड्नु हुँदैन ।

    किमले सोमबार “रक्षा विकास प्रदर्शनी ‘आत्मरक्षा २०२१’लाई सम्बोधन गर्दै एउटा कार्यक्रममा सत्तारुढ वर्कर्स पार्टीको ७६ औं वार्षिकोत्वका अवसरमा उक्त प्रदर्शनी आयोजना गरिएको हो ।

    सो प्रदर्शनीमा केही नयाँ हतियार सहित अन्तरमहाद्वीपीय ब्यालिस्टिक मिसाइल लगायतका अत्याधुनिक हतियारहरू राखिएका थिए। सैन्य परेडका दौरानमा प्रदर्शन गरिएका प्रायः ती हतियारहरू उत्तर कोरियाले पहिले नै परीक्षण गरिसकेको छ।

    कोरियाली केन्द्रीय समाचार एजेन्सीले जनाएअनुसार नेता किङले “अमेरिकाले बारम्बार उसका गतिविधिहरू उत्तर कोरिया विरुद्ध लक्षित नभएको जनाए पनि विश्वस्त आधार र प्रमाण भने नदेखिएको जनाएका छन् । उनले अमेरिकाले गलत निर्णय र कार्यद्वारा यस क्षेत्रमा तनावको स्थिति सृजना गरिरहेको आरोप लगाएका छन् ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ