• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    यी व्यक्तिले अन्धाधुन्ध बाण चलाउदा ५ जनाको मृत्यु, प्रहरीसहित २ घाइते, यसो भन्छन प्रत्यक्षदर्शी

    324
    SHARES


    काठमाडाै‌ । नर्वेमा एक व्यक्तिले धनुष र तीर प्रयोग गरेर आ’क्र’मण गर्दा ५ जनाको मृत्यु भएको छ भने थप दुई जना घाइते भएका छन् ।

    राजधानी ओस्लोबाट दक्षिण–पश्चिममा रहेको कोंग्सवर्गमा यो घटना भएको हो । प्रहरीले स्थानीय समयअनुसार साँझ ६ बजेर १३ मिनेट जाँदा घटनाबारे पहिलो सूचना प्राप्त गरेको थियो ।

    प्रहरी प्रमुख ओयभिन्ड आशले संदिग्धलाई पक्राउ गरिसकेको र हालसम्म उनले एक्लै यो घटना घटाएको पाइएको जानकारी दिएका छन् । प्रहरीले यो घटना आतं’कवादसँग सम्बन्धित रहेको या नरहेकोबारे अध्ययन गर्ने पनि बताएको छ ।

    प्रधानमन्त्री एर्ना सोल्बर्गले घटनालाई ‘भयानक’ भएको संज्ञा दिएकी छन् । आ’क्र’मणकारीले शहरको पश्चिमी क्षेत्रमा रहेको कुप एक्सट्रा सुपरमार्केटमा यो आक्रमण गरेको बीबीसीले जनाएको छ ।

    घाइते हुनेमा एक प्रहरी पनि रहेका छन् । उनी आ’क्र’मणको समय त्यही पसलमा रहेको बुझिएको छ । सुपरमार्केटका प्रवक्ताले घटनामा कर्मचारी सुरक्षित रहेको जानकारी दिएको छ ।

    प्रहरीले साँझ ६ बजेर ४७ मिनेट जाँदा आ’क्र’मणकारीलाई नियन्त्रणमा लिन सफल भएको थियो । एक प्रत्यक्षदर्शीले टीभी२ सँग कुराकानी गर्दै उनले एक व्यक्तिलाई धनुष र तीर बोकेको देखेको र त्यसपछि मानिसहरु भागभाग भएको बताइन् ।

    अधिकारीहरूले आ’क्रम’णकारीले घटनामा अन्य हतियारको प्रयोगबारे पनि अनुसन्धान गरिरहेका छन् । यसअघि सन् २०११ मा नर्वेमा भएको आतंकवादी हमलामा ७७ जनाको मृत्यु भएको थियो ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ