• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    पत्रपत्रिका

    जसपा अध्यक्ष यादवले एकाएक किन दिए राजीनामा ? पार्टीभित्र खैलाबैला

    655
    SHARES


    Baburam Bhattarai, Chairman of federal council, Upendra Yadav ,Chairperson of Samajbadi Party central committee and Ashok Kumar Rai senior leader of the party during a meeting of Samaj Badi Party , Sanghiya Parisad at Nepal Academy, Kathmandu on Thursday. POST PHOTO:PRAKASH CHANDRA TIMILSENA/KANTIPUR

    काठमाडौ । जनता समाजवादी पार्टीका अध्यक्ष विजय यादवले पदबाट राजीनामा दिएका छन्। यो प्रदेश २ को खबर हो। जसपा प्रदेश २ का अध्यक्ष रहेका यादव प्रदेश २ का कृषिमन्त्री समेत हुन्। उनी जसपाका कार्यकारिणी सदस्य तथा आर्थिक विभाग प्रमुखसमेत हुन्।

    जसपामा एक व्यक्ति एक पदको अवधारणा लागु गरिएपछि उनले अध्यक्ष पदबाट राजीनामा दिएका हुन्। प्रदेश २ का प्रदेश सांसद रामअशिष यादवले एक व्यक्ति एक पदको अवधारणा अन्तर्गत उनले अध्यक्षबाट राजीनामा दिएको बताए।

    यसअघि विजय यादवलाई प्रदेश २ को अर्थमन्त्रीबाट हटाएर कृषि मन्त्री बनाइएको थियो। अर्थमन्त्रीबाट हटाएपछि असन्तुष्ट रहेका विजय यादवलाई पार्टीबाट नै प्रदेश २ को अध्यक्षबाट राजीनामा दिन दवाव दिँदै आएको थियो।

    यादवले राजीनामा दिएपछि प्रदेश २ का पार्टी अध्यक्ष को हुने विषयमा जनकपुरमा पार्टीभित्र छलफल चलिरहेको छ। अब प्रदेश २ को अध्यक्ष जनकपुर उपमहानगरपालिकाका मेयर तथा जसपाका केन्द्रीय सदस्य लालकिशोर साहलाई बनाउने सम्भावना रहेको बताइएको छ।

    मेयर साह महन्थ ठाकुर पक्ष छाडेर उपेन्द्र यादव पक्षमा लागेका थिए। प्रदेश २ को अध्यक्षको आकांक्षीमा लालकिशोरसँगै महोत्तरीका हरिनारायण यादव, धनुषाका रामअशिष यादव, बालकिशोर यादव, ज्ञानेन्द्र यादव, राजकिशोर यादव, शैलेन्द्र साहलगायत रहेका छन्।

    यीमध्ये सबभन्दा बढी चर्चा लालकिशोरको रहेको स्रोतले जनाएको छ। लालकिशोर संघिय परिषद् अध्यक्ष बाबुराम भट्टराई पक्षका हुन्।अध्यक्ष विजय यादवले पदबाट राजीनामा दिएसंगै राजनीति एकाएक तरंगित बनेको छ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया