• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    दुर्घटनामा ४० जनाले ज्यान गुमाएपछि विप्लव स्तब्ध

    545
    SHARES


    काठमाडौँ ।नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ले मुगुमा ३२ जना र कास्कीमा ८ जनाको ज्यान जाने गरि भएको सडक दुर्घटनाले पार्टीलाई नै स्तब्ध बनाएको भन्दै घटनाप्रति गम्भीर दुःख प्रकट गरेका छन् ।

    मङ्गलबार एक शोक वक्तव्य जारी गर्दै विप्लवले मुगुको छायानाथ रारा नगरपालिका ७ पिना झयारीखोलामा भएको दुुर्घटनामा ३२ जना र अन्नपूुर्ण गाउँपालिका १० घान्द्रुुक कलाभीर कास्कीमा भएको दुर्घटनामा ८ जना नागरिकको ज्यान गएको घटनाले पार्टीलाई गम्भीर र दुःखी बनाएको जनाएका छन् ।

    महासचिव विप्लवद्वारा जारी वक्तव्यमा भनिएको छ, ‘आज नेपालगन्जबाट मुुगुको सदरमुकाम गमगढीतर्फ गैरहेको भे १ ख ३१६७ नम्बरको यात्रुुवाहक बस छायानाथ रारा नगरपालिका ७ पिना झयारीखोला मुुगुुमा भएको दुुर्घटनामा ३२ जना नागरिकको दुुःखद् निधन भएको र एक दर्जनभन्दा बढी सङ्ख्यामा घाइते भएको खबरले हाम्रो पार्टीलाई स्तब्ध बनाएको छ ।

    त्यस्तै अन्नपूुर्ण गाउँपालिका १० घान्द्रुुक कलाभीर कास्कीमा अर्को दुुःखद् दुर्घटनामा ८ जना आन्तरिक पर्यटक युुवा विद्यार्थीको ज्यान गएको छ । उक्त दुुवै घटनाले हामीलाई गम्भीर र दुःखी बनाएको छ ।

    उक्त दुुर्घटनामा मृत्युु हुुने नागरिकहरूप्रति हाम्रो पार्टी हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ । मृतकका शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछ । साथै दुुर्घटनामा घाइते नागरिकको स्वास्थ्यलाभको कामना गर्दछ ।’

    विप्लवको वक्तव्यमा भनिएको छ, ‘देशमा जब चाडपर्वहरू नजिकिन्छन्, नेपाली जनताको आवतजावत र ओहोरदोहोरको मात्रा पनि बढ्ने गर्छ । यो स्वाभाविक कुुरा पनि हो । हिन्दुुहरूको ठूलो पर्व दसैँको मुुखैमा भएका यी दुुई ठूुला दुुर्घटनाप्रति सरकार गम्भीर वनोस् ।

    नागरिकको जिउधनको सुुरक्षामा जिम्मेवार बनोस् र स्तरीय गाडीहरू सञ्चालन गरी नागरिकहरूप्रति उत्तरदायी बनोस् । घाइतेहरूको शीघ्र उपचार र मृतकका परिवारजनमा उचित क्षतिपूुर्तिको व्यवस्था गरोस् । अन्यथा बर्सेनि हुुने ठूल्ठूुला दुर्घटनाले नेपाली नागरिकहरूमा पीडा मात्र थप्नेछन् ।’

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ