• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    अन्तराष्ट्रिय

    चीनमा बाढी : कम्तिमा १५ को मृत्यु

    198
    SHARES


    काठमाडौँ । चीनमा बाढीका कारण कम्तिमा १५ जना व्यक्तिको मृत्यु भएको छ । त्यसैगरी तीनजना व्यक्ति बेपत्ता भएका छन् । उत्तरतर्फको सान्छी प्रान्तमा यस बाढीले कम्तिमा १७ लाख ५० हजार मानिसलाई प्रभावित गरेको र त्यसमध्ये झन्डै १ लाख २० हजार जनता विस्थापित बनेको चीनको सरकार सञ्चारमाध्यम ग्लोबल टाइम्सले जनाएको छ ।

    बाढीका कारण १९ हजार ५ सयवटा घरहरुमा क्षति पुगेको छ । सान्छी प्रान्तको कुन क्षेत्र सबैभन्दा धेरै प्रभावित छ भन्ने खुलेको छैन, यद्यपी यस बाढीका कारण प्रत्यक्ष रुपमा ७ सय ७० मिलियन अमेरिकी डलर घाटा हुने प्रारम्भिक अनुमान गरिएको छ । प्रभावित जनतालाई उद्धार गर्ने काम अहिले पनि जारी छ । चीनमा यसअघि गत जुलाईमा हेनान प्रान्तमा बाढी गएको थियो । उक्त घटनामा ३ सयजनाले ज्यान गुमाएका थिए ।

    यस्तै डेमोक्रेटिक रिपब्लिक अफ कङ्गोमा डुङ्गा दुर्घटनामा परी १०० भन्दाबढी मानिसहरूको मृत्यु भएको वा बेपत्ता भएको अधिकारीहरूले जनाएका छन्। कङ्गोमा भइरहने सामुद्रिक दुर्घटनाको यो पछिल्लो शृङ्खला थियो । यहाँका मानिसहरू देशकै ठूलो कङ्गो नदीमा असुरक्षित यात्रा गर्न बाध्य छन् ।

    उत्तर पश्चिमी प्रान्त मोंगलाका गभर्नरका प्रवक्ता नेस्टर मग्बाडोले एएफपीलाई जनाएअनुसार सोमबारदेखि मङ्गलबार रातिसम्म उक्त दुर्घटनामा हराइरहेका ६१ जानको शव निकालिएको छ भने अन्य ६० जना अझै बेपत्ता छन् । उक्त दुर्घटनामा ३९ जना यात्रुहरू भने जीवित रहेका छन् ।

    यात्रुको यकिन सङ्ख्या भने जानकारी छैन यो । सङ्ख्या भने डुङ्गाको क्षमताको आधारमा गरिएको अनुमान मात्र हो । यो एक प्रकारको परम्पारागतरूपमा बनाइएको काठको ढुङ्गा हो । प्रवक्ताका अनुसार उक्त दुर्घटना रात्रीको समयमा खराब मौसम वा अत्यधिक यात्रुहरूको चापका कारण भएको हुनसक्छ ।

    पीडितहरुमा प्रायः प्रान्तीय राजधानी बुम्बामा यात्रा गर्ने फेरीवाला र विद्यार्थीहरु रहेका छन् । प्रवक्ता मग्बाडोले उक्त घटनाको थप अध्ययन र उद्धार जारी रहेको बताएका छन् ।

    यस्तै अफगानिस्तानको उत्तरी क्षेत्र कुन्दुजमा रहेको एक मस्जिदमा आत्मघाती हमला हुँदा कम्तीमा ५० जनाको मृत्यु भएको छ । प्रार्थनाको समयमा भएको उक्त आक्रमणमा एक सयजना भन्दा बढी घाइते भएकाले मृतक संख्या बढ्न सक्ने स्थानीय अधिकारीहरूले बताएका छन् ।

    हालसम्म कुनै पनि समूहले आक्रमणको जिम्मेवारी लिएको छैन । त्यहाँ इस्लामिक स्टेटसहितका सुन्नी मुसलमान उग्रवादीहरूले सिया समुदायलाई पाखण्डी ठान्दै निशाना साँध्ने गरेको बीबीसीले उल्लेख गरेको छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया