• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    मुगु बस दुर्घटना अपडेट- मृतकको संख्या २३ पुग्यो, अझै बढ्नसक्ने अनुमान

    807
    SHARES


    सुर्खेत । मुगुमा बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या २३ पुगेको छ। ठुलो हाताहाती भएको मृतकको संख्या अझै बढ्नसक्ने अनुमान गरिएको छ ।

    सुर्खेतबाट मुगुको सदरमुकाम गमगढीतर्फ गएको भे १ ख ३१६७ नम्बरको बस छायाँनाथ रारा नगरपालिका–७, पिना झ्यारीखोलामा दुर्घटना हुँदा २३ जनाको मृत्यु भएको र १० जना भन्दा धेरै घाइते भएका प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले जानकारी दिए ।

    ‘बस क्षतविक्षप्त अवस्थामा छ। अहिलेसम्म २३ जनाको मृत्यु भएको खबर छ’, उनले भने। मंगलबार दिउँसो अन्दाजी साढे १ बजे छायानाथ रारा नगरपालिका–७ पिनाटपने खोला भन्ने ठाउँमा बस दुर्घटना भएको हो।

    कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रहरी निरीक्षक जीवन लामिछानेका अनुसार गाडीमा ३९ जना सवार थिए। ‘घाइतेहरूलाई दुर्घटनास्थलबाट निकाल्दै अस्पताल लिने काम भइरहेको छ,’ उनले भने, ‘जिल्लाबाट प्रहरी टोली जाँदैछ।’

    अहिले घाइतेको उद्दार गरिरहेको छ। दुर्घटनामा परेकाहरूको उद्दार गरी अस्पताल लगिँदै गरेको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक माधवप्रसाद काफ्लेले बताए।

    ‘आधा भन्दा बढीलाई अस्पताल पुर्‍याउने क्रम जारी छ। घाइतेहरूको संख्या धेरै छ। मृत्युको खबर जिल्ला अस्पतालले प्रमाणित गर्ला,’ उनले भने,’दुर्घटना सिरियस देखिएको छ।’

    घाइतेको उद्दारका लागि हेलिकप्टर बोलाइएको छ भने पूर्ण विवरण आउन बाँकी छ। उद्दारको लागि सशस्त्र, नेपाल प्रहरी, स्थानीयबासी खटिएका छन्।

    यस्तै उता धनगढीबाट बाजुरा जाँदै गरेको ना७ख १७४ नंको बस केआईसिंह राजमार्गअन्तर्गत अमरगढी नगरपालिका–१० राईबजार राईबजार नजिकै दुर्घटना हुँदा १६ जना घाइते भएका छन् । घाइते हुनेमा छ महिला, दुई बालबालिका र आठ पुरुष छन् ।

    बस ब्रेक फेल भएर आज बिहान दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक महेन्द्र नेपालले जानकारी दिए । बसमा ५०/६० यात्रु रहेका र सामान्य घाइतेको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको उनले बताए ।

    त्यस्तै उता धनगढीबाट बाजुरा जाँदै गरेको ना७ख १७४ नंको बस केआईसिंह राजमार्गअन्तर्गत अमरगढी नगरपालिका–१० राईबजार राईबजार नजिकै दुर्घटना हुँदा १६ जना घाइते भएका छन् । घाइते हुनेमा छ महिला, दुई बालबालिका र आठ पुरुष छन् ।

    बस ब्रेक फेल भएर आज बिहान दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक महेन्द्र नेपालले जानकारी दिए । बसमा ५०/६० यात्रु रहेका र सामान्य घाइतेको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको उनले बताए ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ