• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    मुगुमा यात्रुवाहक बस दुर्घटना, २२ जनाको मत्यु, यस्तो छ थप विवरण

    753
    SHARES


    मुगु । मुगुमा बस दुर्घटना हुँदा २२ जनाको मृत्यु भएको छ। २२ जनाको मृत्यु भएको मुगुका प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले जानकारी दिए। ‘बस क्षतविक्षप्त अवस्थामा छ। २२ जनाको मृत्यु भएको खबर छ’, उनले भने। मंगलबार दिउँसो अन्दाजी साढे १ बजे छायानाथ रारा नगरपालिका–७ पिनाटपने खोला भन्ने ठाउँमा बस दुर्घटना भएको हो।

    सुर्खेतबाट मुगुको सदरमुकाम गमगढीका लागि गएको भे १ ख ३१६७ नम्बरको बस दुर्घटनामा परेको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ। बस सडकबाट दुई सय मिटर तल खसेको प्रहरी निरीक्षक जीवन लामिछानेले बताए।

    कार्यालयका प्रहरी निरीक्षक जीवन लामिछानेका अनुसार गाडीमा ३९ जना सवार थिए। ‘घाइतेहरूलाई दुर्घटनास्थलबाट निकाल्दै अस्पताल लिने काम भइरहेको छ,’ उनले भने, ‘जिल्लाबाट प्रहरी टोली जाँदैछ।’

    अहिले घाइतेको उद्दार गरिरहेको छ। हेलिकप्टर बोलाइएको छ। पूर्ण विवरण आउन बाँकी छ। उद्दारको लागि सशस्त्र, नेपाल प्रहरी, स्थानीयबासी खटिएका छन्। दुर्घटनामा परेकाहरूको उद्दार गरी अस्पताल लगिँदै गरेको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक माधवप्रसाद काफ्लेले बताए।

    ‘आधा भन्दा बढीलाई अस्पताल पुर्याउने क्रम जारी छ। घाइतेहरूको संख्या धेरै छ। मृत्युको खबर जिल्ला अस्पतालले प्रमाणित गर्ला,’ उनले भने,’ दुर्घटनाको कारण सिरियस देखिएको छ।’

    यस्तै उता सिन्धुपाल्चोकमा यात्रुबहाक बस दुर्घटनामा परेको छ । काठमाडौँबाट दोलखा जाँदै गरेको कान्तिपुर सुपर यातायातको बा४ख १८०२ नम्बरको बस सिन्धुपाल्चोकको ६ किलोमा दुर्घटनामा परेको हो ।

    दुर्घटनामा परी केही यात्रु घाइते भएका छन् । घाइतेको उपचारका लागि नजिकैको अस्पताल लैजाने काम भइरहेको छ । बढी भारका कारण गाडीले उकालोमा तान्न नसकेर पछि धकेलिएपछि दुर्घटनामा परेको हो । बस रुखमा अड्किएपछि यात्रुले बसको सिसा तोडेर बाहिर निस्किएका थिए ।

    यस्तै उता धनगढीबाट बाजुरा जाँदै गरेको ना७ख १७४ नंको बस केआईसिंह राजमार्गअन्तर्गत अमरगढी नगरपालिका–१० राईबजार राईबजार नजिकै दुर्घटना हुँदा १६ जना घाइते भएका छन् । घाइते हुनेमा छ महिला, दुई बालबालिका र आठ पुरुष छन् ।

    बस ब्रेक फेल भएर आज बिहान दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक महेन्द्र नेपालले जानकारी दिए । बसमा ५०/६० यात्रु रहेका र सामान्य घाइतेको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको उनले बताए ।

    यस्तै हिजो कास्कीको नयाँ पुल जीप दुर्घटनामा हुँदा ७ जनाले ज्याम गुमाएका थिए । काठमाडौंबाट घान्द्रुक घुम्न गएका विद्यार्थीहरु चढेको जिप दुर्घटना भएको हो । दशैं विदामा पोखरा घुम्न आएका काठमाडौं महानगरपालिका- ३ गोंगबुका विद्यार्थी र उनीहरुलाई लिएर घान्द्रुक जाँदै गरेका जिपचालक दुर्घटनामा परेका हुन् ।

    नयाँपुलबाट घान्द्रुक जाँदै गरेको ग १ ज ६९०० नम्बरको जीप अन्नपूर्ण गाउँपालिका–१० हुदु कलडाँडा भीरमा दुर्घटना भएको प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ । दुर्घटनामा मृत्यु हुने जीप चालक अन्नपूर्ण गाउँपालिका- ५ का ४२ वर्षीय खुसीमान क्षेत्री छन् ।

    काठमाडौंबाट घुम्न जाँदै गरेका गोंगबुका १८ वर्षीय जिनलव घिसिङ, सोही ठाउँका २४ वर्षीया सुजा चौधरी, २० वर्षीया लिजा चौधरी, २० वर्षीय सुन चौधरीको दुर्घटनामा मृत्यु भएको प्रहरीले जनाएको छ ।

    त्यस्तै मृत्यु हुनेमा  २२ वर्षीय अछुतम् काफ्ले, १८ वर्षीय आशिष आले छन् । सोही ठाउँ बस्ने गोरखाका २७ वर्षीय क्षेत्रीको पनि मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते २० वर्षीय देवीका घिसिङको सकुशल उद्धार गरिएको प्रदेश प्रहरी कार्यालयका डीएसपी श्रवणकुमार विकले जानकारी दिए ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ