• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    राजनीति लुम्बिनी

    कांग्रेस नेताको घाँटी रे’टेर ह’त्या, अभियोगमा यी आफन्तलाई लगियो नियन्त्रणमा

    558
    SHARES


    लिवाङ । रोल्पामा नेपाली कांग्रेसका कार्यकर्ताको घाँटी रेटेर हत्या भएको छ। रोल्पा नगरपालिका–६ दार्बाेटका ५२ वर्षीय पूर्णबहादुर बुढाको घाँटी रेटेर ह’त्या भएको हो। बुढाको आफ्नै घरमा घाँ’टी काटेको अवस्थामा श’व फेला परेको रोल्पा प्रहरीले जनाएको छ।

    उनी गत साउन २३ मा सम्पन्न कांग्रेसको वडा अधिवेशनमा क्षेत्रीय प्रतिनिधिमा निर्वाचित भएका थिए। रोल्पा कांग्रेसका सभापति अमरसिंह पुनले क्षेत्रीय प्रतिनिधि बुढाको आइतबार राति ह’त्या भएको जानकारी दिए।

    ‘हिजो (सोमबार) बिहान ११ बजे घटना थाहा भयो। अघिल्लो राति ह’त्या भएको हुन सक्छ,’ उनले भने। सभापति पुनका अनुसार बुढा घरमा एक्लै बस्दै आएका थिए।

    श्रीमतीको निधन भइसकेको, छोराहरु वैदेशिक रोजगारीमा रहेका र छोरीको बिबाह भइसकेकाले बूढा एक्लै बस्दै आएका उनले बताए। प्रहरीले ह’त्या गरेको आशंकामा मृतकका भाइ अमराज बुढालाई पक्राउ गरेको छ।

    कुकुरले गरेको पहिचान गरेका आधारमा प्रहरीले भाइलाई पक्राउ गरेको हो। रोल्पा प्रहरीले बाँकेको नेपालगञ्जबाट कुकुरसहितको टोली घटनास्थल बोलाएको थियो।

    ‘अहिलेसम्म घटना कसले गराएको हो भन्ने खुलेको छैन। ह’त्या आरोपमा प्रहरीले मृतकका भाइ पक्राउ गरेको छ,’ जिल्ला सभापति पुनले भने। घरमा एक्लै रहेका बुढाको सोमवार विहान ११ बजेसम्म ढोका नखुलेपछि प्रहरीको सहयोगमा ढोका फोडेर हेर्दा ह’त्या भएको अवस्थामा पाइएको रोल्पा प्रहरी प्रमुख नरेशराज सुवेदीले जानकारी दिए।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया