• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    पत्रपत्रिका

    दसैंको मुखमै पूर्वराजा ज्ञानेन्द्रको गरे यस्तो घोषणा

    508
    SHARES


    काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले यस वर्षको दशैंमा सर्वसाधारणलाई टीका नलगाइदिने भएका छन् । शाहका स्वकीय सचिव फणि पाठकका अनुसार पूर्व राजाले अष्‍टमीको दिन शक्ति पीठहरुको दर्शन पनि गर्ने छैनन् ।

    कोरोनाका कारण पूर्वराजाले यस्तो निर्णय लिएका हुन् । यसअघि विगत वर्षहरुमा पूर्व राजाले शक्ति पीठहरुको दर्शन गर्ने र सर्वसाधारणलाई टीका लगाइदिने गरेका थिए ।

    श्रीपेच चोर्ने प्रयास गरेका घर्तीले प्रहरीसमक्ष दिए यस्तो अनौठो बयान

    नारायणहिटी दरबार संग्राहलय श्रीपेच चोर्न खोज्ने खेमबहादुर घर्तीले प्रहरीसँग अनौठो बयान दिएका छन् । प्रहरीसँगको सोधपुछमा घर्तीले आफूले श्रीपेच लगाएर राजतन्त्र ब्यूँताउन खोजेको बयान दिएका छन् । प्रहरी प्रभाग दरबारमार्गका डीएसपी रामेश्वर पौडेलले भने, ‘आफूलाई राजा घोषणा गर्न चाहेको घर्तीले हामीसँग बयान दिएको छ । थप सोधपुछ जारी । मानसिक अवस्था ठिक नभएको जस्तो बुझिएको छ ।’

    प्रहरीका अनुसार घर्ती वैदेशिक रोजगारको शिलशिलामा बहराइनबाट गत वर्षमात्र नेपाल फर्केका थिए । त्यसयता उनको मानसिक अवस्था ठिक नरहेको उनको परिवारले जनाएको डीएसपी पौडेलले बताए ।

    शुक्रबार नारायणहिटी दरबार संग्राहलय हेर्न आउनेको घुँइचो लागिरहेको थियो । सयौँ मानिसहरु दरबारका विभिन्न कोठमामा पुगेर पूर्वराजपरिवारले प्रयोग गर्ने विभिन्न ऐतिहासिक वस्तुको अवलोकन गरिरहेका थिए ।

    यही भीडमा रुकुम पश्चिम मुसिकोट नगरपालिका–११ का २५ वर्षीय खेमबहादुर घर्ती पनि थिए । उनी श्रीपेच राखिएको कोठामा पुगे । त्यहाँ बुलेटप्रुफ सिसाको शोकेसमा श्रीपेच राखिएको छ । खुकुरी पनि शोकेसमा राखिएको छ । र त्यसको सुरक्षामा नेपाली सेनाका पाँचजना सुरक्षाकर्मी खटिएका छन् ।

    श्रीपेच भएको कोठामा पुगेपछि घर्तीको चाल बदलियो । उनले खुकुरी राखेको शोकेस फुटाल्ने प्रयास गरे । खुकुरी निकाल्न खोजे । यो देखेपछि सुरक्षाकर्मीको सहयोगमा संग्राहलयका कर्मचारीले उनलाई नियन्त्रणमा लिए । घर्तीलाई नियन्त्रणमा लिएपछि नेपाल प्रहरीको दरबारमार्ग प्रभागलाई बुझाइएको संग्राहलयका सूचना अधिकृत बुद्धी गुरुङले जानकारी दिए ।

    उनले भने, ‘त्यहाँ हाम्रो सुरक्षाकर्मी तैनथ हुन्छन् । चोरी हुने सम्भावना छैन । तर अवलोकन गर्न सयौँ मानिससँगै आएका उनले (घर्ती) ले खुकुरी राखेको सिसाको शोकेस फुटाल्ने प्रयास गरेपछि हामीले उनलाई नियन्त्रणमा लियौँ।’ घर्तीबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    यता प्रहरीको सम्पर्कमा आएकी उनकी दिदीले भने उनको मानसिक स्वास्थ्यमा समस्या रहेको बताएका छन् । वैदेशिक रोजगारीका लागि बहराइन पुगेका घर्ती एक वर्षअघि नेपाल फर्किएका थिए । दुई वर्ष बहराइन बसाईका क्रममा उनीमाथि कुटपिट भएको थियो, यसले उनको मानसिक स्वास्थ्यमा असर परेकाले नियमित औषधि लिइरहेका छन् ।

    मैपी बस्ने खेमबहादुरकी दिदीले प्रहरीलाई बताए अनुसार स्वदेश फर्किए यता खेमबहादुर कहिले रुकुम पश्चिममा रहेको आफ्नो घर त कहिले काठमाडौं बस्दै आएका छन् ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया