• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    अन्तराष्ट्रिय

    एकाबिहानै शक्तिशाली ब’म विस्फोट, छ जनाको मृत्यु, कसले लियो घटनाको जिम्मा ?

    373
    SHARES


    एजेन्सी । सिरियाको उत्तरी शहर अफ्रिनमा सोमबार भएको कार ब’म वि’स्फोटमा कम्तीमा एक टर्की समर्थित विद्रोही लडाकुसहित छ जनाको मृत्यु भएको छ ।

    अफ्रिनमा पनि टर्की समर्थक विद्रोहीहरूद्वारा हुने अन्य क्षेत्रहरू जस्तै नियमित लक्षित ह’त्या, बम वि’स्फोट र गो’ली हानाहान को दृश्य सामान्यरूपमा देखिन्छ।

    बेलायतस्थित सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले बताएअनुसार सोमबार विद्रोहीको नियन्त्रणमा रहेको शहरको बीचमा ‘सर्वसाधारणको भिड लागेको क्षेत्रमा’ विस्फोटक पदार्थले भरिएको गाडी विस्फोट भएको बताइएको छ।

    यसैबीच चीन र भारतबीचको वार्ता बिनानिस्कर्ष टुंगिएको छ । लद्दाखमा जारी तनाब अन्त्य गर्ने विषयमा दुई देशका सैन्य कमान्डरहरूबीच भएको वार्ता बिनानिस्कर्ष टुंगिएको हो । वार्ता बिफल भएसँगै दुबै देश आरोप–प्रत्यारोपमा उत्रिएका छन् ।

    लद्दाखलाई लिएर दुई देश पछिल्लो १७ महिनादेखि तनाबमा छन् । सिमामा दुबै देशका सेना आमने–सामने अवस्थामा छन् । चीनले सिमामा आफ्ना सैन्य गतिविधि तीब्र पारेको भारतीय पक्षको आरोप छ, तर, भारतीय आरोपलाई चीनले अस्वीकार गर्दै आएको छ ।

    वार्तामा आफूले दिएको रचनात्मक सुझाबलाई चीनले बेवास्ता गरेको भारतको रक्षा मन्त्रालयले जनाएको छ । वार्ताका क्रममा चीनले कुनै राम्रो प्रस्ताव ल्याउन नसकेको पनि भारतले आरोप लगाएको छ । तर, ती सबै आरोपको चीनले अस्वीकार गरेको छ ।

    ‘भारतको अस्वभाविक र जटिल मागका कारण वार्तामा समस्या आएको हो, ’ चिनियाँ पक्षले भनेको छ । करिब दुई महिनाको अन्तरालपछि दुबै देशका कमान्डरहरू चिनियाँ भूमि मोल्डोमा वार्तामा बसेका थिए ।

    सिमामा दुबै देशका सेनाले दशौं हजार सेना परिचालन गर्नुका साथै अत्याधुनिक हतियार, ट्यांक, लडाकु विमान, आर्टिलरी तैनाथ गरेका छन् ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया