• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    अन्तराष्ट्रिय

    कच्याककुचुक परेको सर्ट आइरन पनि नगरी लगाएर मोदीलाई भेट्न पुग्ने व्यक्ति को हुन् ?

    1.2K
    SHARES


    काठमाडौं। प्रतिष्ठित व्यक्तिहरुलाई भेट्न जाँदा मानिसहरु सफा भएर, चिटिक्क किलेको कपडा लगाएर जान्छन् । देशको उच्च पदमा रहेका व्यक्तिहरुसँग भेट्नको लागि त निश्चित ड्रेस कोड नै तोकिएको हुन्छ ।

    तर, पछिल्लो समय सामाजिक संजालमा एउटा फोटो भाइरल भइरहेको छ । फोटोमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेट्न पुगेका एक व्यक्तिले कच्याककुचुक परेको सर्ट लगाएका छन् । अर्को एउटा फोटोमा त ती व्यक्ति कुर्सीमा बसेका छन् र उनको अगाडि मोदी कुनै आज्ञाकारी बालकजस्तै हात बाँधेर उभिएका छन् ।

    भारतीय मिडियाका अनुसार यसरी प्रधानमन्त्री मोदीलाई भेट्न जाने व्यक्ति राकेश झुनझुनवाला हुन् । उनी भारतका प्रतिष्ठित लगानीकर्ता हुन् । झुनझुनवाला परिवार २ खर्ब ३३ अर्ब रुपैयाँ बराबरको सम्पत्तिका मालिक हुन् ।

    राकेश र उनकी पत्नी रेखाले मंगलबार बेलुकी प्रधानमन्त्री मोदीलाई भेटेका थिए । यो भेटको फोटो सार्वजनिक भएपछि मानिसहरुले सामाजिक संजालमा यसको निकै मजा लिए । केहीले त झुनझुनवालालाई कसैले इस्त्री देउ सम्म भने ।

    राकेश झुनझुनवाला भारतको शेयर बजारमा ठूला र दिग्गज लगानीकर्ता हुन् । मानिसहरु उनलाई बिग बुल भन्छन् । उनका एक–एक कदममा करोडौं लगानीकर्ताको नजर हुन्छ । राकेशले जुन शेयरमा लगानी गर्छन् त्यो शेयरको मूल्य आकाशिन्छ ।

    यतिमात्र होइन उनकै देखासिकी गरेर उनकै बाटो पच्छ्याउँदै शेयरमा लगानी गर्नेहरु कैयौं धनी भएका छन् । देशका कम्पनीहरुमा ठूलो लगानी गरेका झुनझुनवालाले अब एयरलाइन्स कम्पनी सुरु गर्दैछन् । उनीसँग भेटको फोटो स्वयं मोदीले ट्वीट गरेका थिए ।

     

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ