• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    लुम्बिनी समाचार

    बुटवलको मोतीपुर घटनाबारे गृहको धम्कीपूर्ण विज्ञप्ति

    471
    SHARES


    काठमाडौं । गृह मन्त्रालयले सरकारी वा सार्वजनिक जग्गा अतिक्रमण गर्ने प्रयास गर्ने जो कोहीलाई कानुन बमोजिम कारबाही हुने चेतावनी दिएको छ ।

    रुपन्देहीको मोतीपुर ओद्योगिक क्षेत्रमा प्रहरीको गोली लागेर ४ जना सुकुम्बासी मारिएको भोलिपल्ट गृह मन्त्रालयले धम्कीपूर्ण विज्ञप्ति जारी गरेको हो ।

    मन्त्रालयका सहायक प्रवक्ता दिलकुमार तामाङले जारी गरेको विज्ञप्तिमा भनिएको छ ‘निर्धारित कानुनी विधि र प्रक्रिया भन्दा बाहिर सरकारी वा सार्वजनिक जग्गा अतिक्रमण गर्ने प्रयास गर्ने जो कोहीलाई कानुन बमोजिम कारबाही हुने व्यहोरा जानकारी गराइन्छ ।’

    आइतबार मोतीपुर औद्योगिक क्षेत्र अतिक्रमण गरी बसेका सुकुम्बासीमाथि गोली चलाउँदा ४ जनाको मृत्यु र ३० भन्दा धेरै घाइते भएका थिए ।गृह मन्त्रालयले ज्यान गुमाउनेहरुप्रति हार्दिक श्रद्धाञ्जली र घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।

    त्यस्तै नेपालको संविधानको मौलिक हकमा रहेको आवासको हक, भूमिहीन दलितको हक र भूमिहीन सुकुम्बासीको पहिचान गरी बसोबास र जीविकोपार्जनका लागि कृषियोग्य जमिनको व्यवस्था गर्न सरकार प्रतिवद्ध रहेको पनि उल्लेख गरिएको छ ।

    सरकारले राष्ट्रिय भूमि आयोग गठन गरेर भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्या समाधान गर्ने भन्दै गृह मन्त्रालयले कोही छुटेको भए सम्बन्धित स्थानीय तहमा अझै नाम दर्ता गर्न सक्ने पनि उल्लेख गरेको छ ।

    यस्तै मृत्यु भएका ब्यक्तिको परिवारलाई लुम्बिनी प्रदेश सरकारले राहत स्वरूप जनही एक/एक लाख रूपैयाँ दिने भएको छ । बुटवल उपमहानगरपालिका-१७ मोतीपुरको औद्यौगिक क्षेत्रको जग्गामा बसोबास गर्ने सुकुम्बासी र प्रहरीबीच झडप हुँदा आइतबार ४ जनाको मृत्यु भएको थियो ।

    प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा सञ्चारमन्त्री तिलकराम शर्माले सर्वदलीय बैठकको निर्णय अनुसार मृतकको परिवारलाई १/१ लाख रूपैयाँ दिने निर्णय भएको जानकारी दिए ।

    घाइतेहरूको उपचारमा कमी आउन नदिने पनि निर्णय भएको शर्माले बताए । घटनामा प्रहरी र सर्वसाधारण गरी ५० भन्दा बढी घाइते भएका छन् ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया