• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    समिट एयरको जहाजमा समस्या हुँदा धनगढी विमानस्थल अवरुद्ध

    856
    SHARES


    कैलाली । उड्न लागेको विमान धावन मार्गको बिचमा रोकिएपछि धनगढी विमानस्थल अवरुद्ध बनेको छ । बाजुराका लागि उडान भर्ने क्रममा चक्कामा समस्या अएपछि समिट एयरको विमान धनगढी विमानस्थलको बीच धावन मार्गमा अड्किएको धनगढी विमानस्थलका प्रमुख रामकृष्ण भट्टले बताए ।

    उनका अनुसार विमानको टायरमा प्राविधिक समस्या देखिएको छ, जसका कारण सो जहाज उड्न नसकेर धावनमार्गमा रोकिएको हो । समिट एयरको जहाज विमानस्थलको बीच धावन मार्गमा रोकिएपछि धनगढी विमानस्थलबाट अन्य उडनसमेत प्रभावित बनेका छन् ।

    काठमाडौंबाट धनगढी आउने तालिका रहेको बुद्ध एयरको जहाज रोकिने भएको छ भने धनगढीबाट काठमाडौंका लागि उडान भर्न तयार रहेको श्री एयरको जहाजको उडान पनि स्थगित गरिएको जनाइएको छ ।

    धावन मार्गबाट उक्त जहाज नहटाएसम्म अर्को उडान हुन नसक्ने विमानस्थल प्रमुख भट्टले बताए । उनका अनुसार जहाज ग्राउण्डेड भएको र धावनमार्गबाट हटाउने प्रयास भइरहेको छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया