• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    सिटिजन्स बैंकमा गो’ली चल्यो

    471
    SHARES


    काठमाडौँ । मोरङको धानपालथान गाउँपालिकास्थित बैंकमा गो’ली चलेको छ। कार्सिया बजारमा रहेको सिटिजन्स बैंकको शाखा कार्यालयमा गो’ली चलेको प्रदेश–१ प्रहरी कार्यालयका एसपी नविनराज राईले बताए । गो’ली लागेर बैंकका सुरक्षा गार्ड घाइते भएका छन् । घटनाबारे प्रहरीले अनुसन्धान गर्दैछ ।

    सोमबार दिउँसो सिटिजन्स बैंकको कर्सिया शाखामा रकम लुट्ने उद्देश्यले छिरेको समूहलाई सुरक्षागार्डले रोक्न खोजेका थिए, त्यसक्रममा गार्डलाई लुटेरा समूहले चलाएको गो’ली लागेको छ । उनलाई उपचारका लागि अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

    गो’ली चलेलगत्तै जिल्ला प्रहरी कार्यालय, मोरङको टोली पुगेर लुटेरा समूहका तीन जनालाई पक्राउ गरेको छ । पक्राउ परेकाहरुलाई पनि गो’ली लागेको प्रदेश प्रहरी कार्यालय स्रोतले बतायो ।

    पक्राउ परेका व्यक्तिहरुको पहिचान खुलाउने प्रयास भइरहेको छ, यद्यपि उनीहरु भारतीय नागरिक भएको प्रहरीले प्रारम्भिक जानकारी दिएको छ । थप अनुसन्धान जारी रहेको स्रोतले बतायो ।

    त्यस्तै रूपन्देहीको मोतीपुर औद्योगिक क्षेत्रमा सुरक्षाकर्मीले चलाएको गो’ली लागेर मृत्यु भएका चार जनामध्ये तीन जना गैरसुकुम्बासी रहेका पाइएको छ। गो’ली लागेर गम्भीर भई उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएका तीन जना गैरसुकुम्बासी रहेको रूपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले जानकारी दिए।

    मृत्यु हुनेहरूमा शुद्धोधन गाउँपालिका– ५ रूपन्देहीका ३८ वर्षीय वीरेन्द्रप्रसाद कुर्मी, पूर्वी नवलपरासीका १८ वर्षीय युजल कुमाल र बाणगंगा नगरपालिका कपिलवस्तुका २० वर्षीय रमेश परियारको सनाखत भएको छ। अर्का एक जनाको सनाखत हुन नसकेको प्रजिअ तिवारीले बताए। उनीहरूको शव भीम अस्पतालमा राखिएको छ।

    आइतबारको झडपमा परी ३१ जना सुरक्षाकर्मीसहित ७४ जना घाइते भएका थिए। प्रमुख जिल्ला अधिकारी तिवारीले नेपाल प्रहरीका १६ र सशस्त्र प्रहरीका १५ जना गरी ३१ जना घाइते भएको जानकारी दिए।

    आइतबार अपराह्न प्रहरीलाई लक्षित गरी प्रदर्शनकारीले ढुंगामुढासँगै पेट्रोल ब’म प्र’हार गरेपछि गोली चलाउनुपरेको प्रजिअ तिवारीले बताए। प्रजिअ तिवारीले सार्वजनिक सम्पत्तिको रक्षा गर्न खटिएका प्रहरीमाथि ढुंगामुढासँगै पेट्रोल बम प्रहार गरेपछि प्रहरीले आफ्नो ज्यान जोगाउन गोली चलाउनुपरेको बताए।

    ‘प्रहरी प्रशासनले संयमता नअपनाएको भए ठूलो क्षति हुने अवस्था थियो’ प्रजिअ तिवारीले भने,‘लाठीचार्ज, अश्रुग्यास, हवाई फायर गर्दा पनि स्थिति नियन्त्रणमा नआएपछि गोली चलाउनुपरेको हो।’

    विगत एक सातादेखि मोतीपुर औद्योगिक क्षेत्रमा ठूलो संख्यामा प्रदर्शनकारी जम्मा भएर सार्वजनिक जग्गा कब्जा गरेर घरटहरा बनाउन लागेपछि सुरक्षाकर्मीले टहरा भत्काउन खोजिरहेको थियो। त्यही क्रममा प्रहरीले आफ्नो काम गरिरहेका बेला आइतबार घटनाले उग्र रूप लिएपछि यस्तो अवस्था आएको प्रशासनको दाबी छ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया