• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    पत्रपत्रिका

    मन्त्री रामकुमारी झाँक्री र किशान श्रेष्ठबी चस्टेजमै लपडा, चल्यो यस्तो जुहारी, देख्नेहरु भुतुक्कै

    553
    SHARES


    तनहुँ । माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीबाट मन्त्री बनेको दुई नेताले स्टेजमै लफडा गरेका छन् ।

    सहरी विकास मन्त्री बनेकी नेकपा एसकी सचिव रामकुमारी झाँक्री र नेता किशान श्रेष्ठबीच एउटै मञ्चमा लफडा भएको हो । मन्त्रालयको काम छोडेर तनहुँ पुगेका दुवै जनाले एक अर्काबीच जुहारी खेलेका हुन् ।

    मन्त्री बनेपछि ब्रिफिङ लिनुको साटो पार्टी सचिवसमेत रहेकी सहरी विकासमन्त्री झाँक्रीलाई लिएर गृहजिल्ला तनहुँ पुगेका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री किसान श्रेष्ठबीच जुहारी चलेको हो । श्रेष्ठ झाक्री मन्त्री बनेको उत्सव मनाउन काठमाडौंबाटै तीन दर्जन युवाहरु लिएर आइतबार झाँक्रीसहित गृहजिल्ला पुगेका थिए ।

    गत निर्वाचनमा एमालेको सुर्य चिन्हमा मतदान गरेका कुनै पनि कार्यकर्ता उपस्थित नभएपछि एकसय जनाबीच उत्सव मनाएका श्रेष्ठलाई कार्यक्रममा झाँक्रीले नमज्जाले भनेकी छन् । कार्यक्रममा किसान श्रेष्ठले तनहुँले मन्त्री पाएको भन्दै अब विकासको लहर ल्याउने बताएका थिए ।

    तर यता श्रेष्ठसँग असहमति जनाउँदै मन्त्री झाँक्रीले भेनिनन्, ‘तनहुँले मन्त्री पायो विकास यहीँ मात्र दौड्ने, हुम्लाले के गर्ने ? गुल्मीले मन्त्री पायो विकास त्यहाँ हुने, पर्वतले के गर्ने ?’ भाषणका क्रममा उनले भनिन्, ‘म सामाजिक न्यायको कुरा गर्छु । जहिलेदेखि राजनीतिलाई बदल्नुपर्छ भन्ने बुझे त्यहीँ बेलादेखि म न्यायोचित वितरण प्रणालीको पक्षमा छु ।’

    यसअघि बोल्ने क्रममा मन्त्री श्रेष्ठले तनहुँमा विकासको लागि आफू केन्द्रीत हुने घोषणा गरेका थिए । उनको घोषणाबाट झाँक्री निकै चिढिएको संबोधनको क्रममा देखिएको थियो ।  यसैबीच मन्त्री झाँक्रीले वर्तमान सरकारलाई सबै नागरिकको सरकार हो भन्ने प्रत्याभूत गराउने प्रतिबद्धता व्यक्त गरेकी छन् ।

    नेकपा (एकीकृत समाजवादी) तनहुँले दसैँका अवसरमा दमौलीमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री झाँक्रीले सरकार सबै नागरिकको भएको बताएकी हुन् ।

    मन्त्री झाँक्रीले पार्टीले आफूहरूलाई दिएको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्ने बताइन् । भ्रष्टाचार, कुशासन, गैरजिम्मेवारीपनको प्रवृत्तिका विरुद्धमा विगतदेखि नै लड्दै आएको र आगामी दिनमा पनि सोहीविरुद्ध लड्ने मन्त्री झाँक्रीले उद्घोष गरिन् । मन्त्री झाँक्रीले समय धेरै नभएकाले जनअपेक्षाअनुसार काम गर्ने बताउँदै भनिन्, “हामीसँग समय छैन भनेर बस्ने छुट छैन, समय छोटो छ तर केही न केही गरेरै छाड्छौँ ।”

    मन्त्री झाँक्रीले न्यायोचित विकासको पक्षमा रहेर काम गर्ने बताउँदै भनिन्, “गुल्मीले मन्त्री पायो भन्दैमा गुल्मीमा मात्रै विकास होइन, जुम्ला र हुम्लामा पनि विकास हुनुपर्छ, न्यायोचित विकासको पक्षमा म छु ।” मन्त्री झाक्रीले स्मार्ट सिटी मात्र नभई बस्न योग्य सहर बनाउनेतर्फ मन्त्रालयले ध्यान दिने बताइन्।

    कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले वैदेशिक रोजगारका सवालमा भइरहेका दलाली र विकृति अन्त्य गर्ने बताए । समाजवादोन्मुख राज्य प्रणाली स्थापनाका निम्ति नीति, कानून र मापदण्ड बनाउँदै मन्त्री श्रेष्ठले श्रमिकले श्रमको मूल्य नपाउने अवस्थाको पूर्ण अन्त्य गरिने बताए ।

    कोभिड महामारीका कारण करिब १५ लाखले रोजगारी गुमाएको बताउँदै मन्त्री श्रेष्ठले रोजगारी गुमाएकाको पुनःस्थापना अहिलेको चुनौती रहेको बताए । “सबै क्षेत्रसँग समन्वय गरेर सकेसम्म देशभित्रै रोजगारका अवसर सिर्जना गर्ने र आत्मस्वाभिमानको साथ काम गर्ने वातावरणको निम्ति पहलकदमी लिनेछु”, मन्त्री श्रेष्ठले भने ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया