• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    गण्डकी समाचार

    डोवाटे विश्वकर्मालाई मन्त्री बनाइदै

    336
    SHARES


    गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेलले काँग्रेस सांसद डोवाटे विश्वकर्मालाई मन्त्री बनाउने भएका छन् । आइतबार पोखरामा प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवासँगको छलफलपछि पोखरेलले विश्वकर्मालाई मन्त्री बनाउने तयारी थालेका हुन् ।

    नेपाली काँग्रेसका सांसद विष्णु लामिछानेका अनुसार विश्वकर्मालाई मन्त्री बनाउने विषयमा सहमति भएको छ । यसअघि मन्त्रिपरिषद् विस्तारका क्रममा अन्तिममा नाम काटिएका विश्वकर्मालाई मन्त्री बनाउन प्रधानमन्त्री देउवा र काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले मुख्यमन्त्रीलाई आग्रह गरेको उनको भनाइ छ ।

    पार्टीका शीर्ष नेताहरूले नै विश्वकर्मालाई मन्त्री बनाउन सुझाव दिएपछि मुख्यमन्त्री पोखरेलले सोही अनुसार तयारी थालेको उनले रातोपाटीलाई बताए । उनका अनुसार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि विश्वकर्मालाई मन्त्री बनाउनुपर्नेमा जोड दिएका थिए ।

    उनको नाम काटेर व्यापारिक पृष्ठभूमिका विन्दुकुमार थापालाई मन्त्री बनाएपछि चर्को आलोचना भएको थियो । स्रोतका अनुसार दसैँ अघि नै वा त्यो सम्भव नभए दसैँ लगत्तै प्रदेश सरकारमा डोवाटेलाई सामेल गर्ने तयारी भइरहेको छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ