• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights समाचार

    दशैँको मुखमा अर्को दुखद खबर, वालिङ जीप दुर्घटनामा ज्यान गुमाउनेकाे सङ्ख्या ३ पुग्यो

    723
    SHARES


    स्याङ्जा । स्याङ्जाको वालिङमा हिजाे साँझ भएको जीप दुर्घटनामा परेर ज्यान गुमाउनेको सङ्ख्या तीन पुगेको छ । दुर्घटनामा परि घाइते भएकी गल्याङ-१० की ४ वर्षीया करिश्मा थापाको उपचारका क्रममा पोखरामा ज्यान गएकाे जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता डीएसपी राजेन्द्र अधिकारीले जानकारी दिए ।

    आइतवार साँझ भएको दुर्घटनामा परि गल्याङ-१० का ३२ वर्षीया गङ्गा पल्ली र ७७ वर्षका दलबहादुर पल्लीको ज्यान गएकाे थियाे । दुर्घटनामा परि घाइते भएकाहरुमध्ये तीन जनाको डिस्चार्ज भएको छ भने १४ जनाको पोखराका विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

    वालिङ बजारबाट गल्याङको पकवादीका लागि छुटेको ग १ ज ४९१८ नम्बरकाे जीप वालिङ १० मदिखोलामा दुर्घटनामा परेको थियो । जीप ग्रामीण सडकबाट एक सय मिटर तल झरेको थियो ।

    यस्तै  विहान उता अछाममा दुलही पुर्याएर फर्किँदै गरेको जीप भीरबाट खस्दा चार जनाको ज्यान गएको छ । १३ जना घाइते भएका छन् । अछामको पञ्चदेवल विनायक नगरपालिका–१ मा राति ११ बजे पछि से १ च १७६३ नम्बरको जीप दुर्घटनामा परेको त्यहाँबाट हर्क बिकले सञ्चारकेन्द्रलाई जानकारी दिए । उनका अनुसार दुर्घटनामा पञ्चदेवल विनायक नगरपालिका–३ का १८ वर्षका जीवन जैसी, १८ वर्षकै सर्व बोहरा, २१ वर्षका जीवन न्यौपाने र १७ वर्षका हिमाल नेपालीको ज्यान गएको हो ।

    घाइते भएका १३ जनामध्ये दुई जनालाई थप उपचारका लागि बाँकेको नेपालगञ्जमा रेफर गरिएको छ । अरुको जिल्ला अस्पतालमा नै उपचार भइरहेको छ । केही घाइतेको अवस्था गम्भीर छ । हिजो पञ्चदेवल विनायक नगरपालिकाको वडा नम्बर २ को कोटबाट दुलहीलाई वडा नम्बर १ को नादीमा पुर्याएर फर्किने क्रममा बस दुर्घटनामा परेको हो।

    रातको समय भएको र चालकलाई सडकको अवस्थाबारे थाहा नहुँदा दुर्घटना भएको हुन सक्ने अनुमान गरिएको छ । जीप ब्याक गर्ने क्रममा भीरबाट खसेको पनि मेयर देवकोटाले जानकारी दिनुभयो । बसका चालक घाइते छन् । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ