• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    विजनेश समाचार

    घट्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

    533
    SHARES


    काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्यमा सामान्य गिरावट आएको छ । आज छापावाल सुन आइतबारको तुलनामा १०० रुपैयाँले घटेर प्रतितोला ९० हजार ६०० रुपैयाँमा कायम भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    महासंघका अनुसार तेजावी सुन आज प्रतितोला ९० हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै आज चाँदीको मूल्य भने बढेको छ । आज चाँदी तोलाको ५ रुपैयाँले बढेर १ हजार १८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

    त्यस्तै अर्थमन्त्री जनार्दन शर्माले नेपालका उद्योगहरुको अवस्थाकाबारे लेखाजोखा गर्न निर्देशन दिएका छन् । आइतबार स्टील र डण्डी व्यवसायीहरुसँगको छलपलमा अर्थमन्त्री जनार्दन शर्माले व्यवसायीहरुको समस्या बुझ्न समिति बनाएर अध्ययन गर्न निदेर्शन दिएका हुन् ।

    उनले बाहिरबाट आउने सामानहरु के हुन ? कर्मचारीको अवस्था के छ ? उत्पादनको अवस्था के छ भन्नेबारे बुझन निर्देशन दिए । सरकारले लागू गरेको नयाँ व्यवस्थामा भन्सार वर्गीकरणको ७२०७ देखि ७२११ नम्बरमा पर्ने बिलेटमा भन्सार दर यथावत गरी अन्तःशूल्क प्रति मेट्रिकटन १६५० बाट बढाएर २५०० रुपैयाँ पुर्‍याएको छ ।

    यस्तै, भाग ७२०३ अन्तर्गत स्पञ्ज तथा भाग ७२०४ अन्तरगत फलामको पत्रु भन्सारदर पूरै छुट दिँदै अन्तःशुल्क समेत नलाग्ने व्यवस्था समेत गरेको छ ।

    तर एमएस बिलेट ल्याएर डण्डी बनाउने उद्योगीले मूल्य नबढाएको बताउँदै व्यवसायीहरुले स्पञ्ज आइरन ल्याएर डण्डी बनाउने उद्योगीले नै रडको मूल्य बढाएको बताए ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया