• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    पत्रपत्रिका

    नवनियुक्त मन्त्रीहरुले सपथ लिएलगत्तै जब कुलेलाम ठोके…

    1.1K
    SHARES


    काठमाडौं । सपथ लिएलगत्तै नवनियुक्त मन्त्रीहरुले कुलेलाम ठोके । यसअघिका दिनहरुमा  मन्त्री नियुक्त भइसकेपछि बधाई खानलाई मात्र भएपनि मन्त्रालयमा बस्ने चलन थियो । आजभोली प्राय मन्त्रीहरु मन्त्रालयमा देखिदैनन् । कोही दशैं मनाउन घर पुगेका छन् भने कोही आफ्नो घरमा बधाई थापिरहेका छन् ।

    आइतबार रक्षा मन्त्री मिनेन्द्र रिजाल, शहरी विकास मन्त्री रामकुमारी झाँक्री, भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठ, स्वास्थ्यमन्त्री विरोध खतिवडा मन्त्रालयमा आएनन् । मन्त्रीलाई बधाई दिन आएका कार्यकर्ता निरास भएर फर्किएका छन् ।

    गत शुक्रबार मन्त्री शपथ लिएर पदभार ग्रहण गरेका मन्त्रीहरुको आइतबार कामका दृष्टिले पहिलो दिन हो । सामान्यतया नयाँ मन्त्री आएपछि मन्त्रालय, मन्त्रालय अन्तर्गतका विभिन्न महाशाखा र विभागबाट मन्त्रीलाई ब्रिफिङ गर्ने अभ्यास छ ।

    शुक्रबार शपथ लिएपछि रक्षामन्त्री रिजाल शनिबार गृहजिल्ला मोरङ पुगेका थिए । स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडा पोखरा, शहरी विकास मन्त्री झाँक्री र श्रम मन्त्री कृष्णकुमार श्रेष्ठ तनहुँ पुगेका थिए ।

    केही मन्त्रीले भने आइतबार मन्त्रालयमा पुगी कर्मचारीबाट मन्त्रालयबारे जानकारी लिएका छन् । बिहान ११ बजे संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय पुग्दा नवनियुक्तमन्त्री राजेन्द्र श्रेष्ठलाई बधाइ दिन खादा, माला, फुल बोकेर १२/१५ जना मानिसहरु कुरिरहेका थिए ।

    ११ः३० मा मन्त्री श्रेष्ठ मन्त्रालय आइपुगे । केही मिनेट सचिवसंग बसेर बधाइ दिन कुर्नेहरुलाई भेटे । १२ बजेपछि मन्त्री श्रेष्ठ ब्रिफिङमा सामेल भए । तर, मन्त्रीको ब्रिफिङमा मन्त्रालयका धेरै कर्मचारी थिएनन् ।

    भेटका क्रममा मन्त्री श्रेष्ठसँग हामीले जिज्ञासा राख्यौं, ‘संघीय निजामती कर्मचारीसंग सम्बन्धित विधेयक फिर्ता र कर्मचारी समायोजनको विषयमा के गर्नुहुन्छ ? जवाफमा उनले कर्मचारीतन्त्रलाई चुस्तदुरुस्त बनाउने, संघीयताको मर्म अनुसार बढी भन्दा बढी अधिकार प्रदेशलाई दिने गरी काम गर्ने बताए ।

    बिहान १० बजे वन तथा वातावरण मन्त्रालय पुग्दा नवनियुक्त मन्त्री रामसहाय प्रसाद यादवलाई बधाइ दिन कुरिरहेका थिए । साढे १० बजे मन्त्री यादव आइपुगे । बधाइ दिन कुरिरहेकाहरुले मन्त्री यादवलाई खादा, माला लगाइदिए, लड्डु खुवाए, सफल कार्यकालको कामना गरे ।

    उनीहरुसंग करिब आधा घण्टा बिताएर मन्त्री यादव ११ बजेपछि ब्रिफिङमा गए । मन्त्री यादवको ब्रिफिङ पनि औपचारिकतामा सीमित थियो । ‘आज यसो ब्रिफिङ भन्ने छ । खास ब्रिफिङ दशैं पछि नै हुन्छ’ उनले भने ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ