• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    अन्तराष्ट्रिय समाचार

    ताइवानकी राष्ट्रपतिले चीनलाई फर्काइन यस्तो कडा जवाफ

    1K
    SHARES


    काठमाडौँ । चिनियाँ राष्ट्रपति सी चिनफिङले ताइवानलाई चीनमा पुनः एकीकरण गर्ने काम बाँकी रहेको बताएपछि ताइवान रुष्ट बनेको छ। ताइवानकी राष्ट्रपति साई इंग–वेनले चीनसँग ताइवानले कहिल्यै नझुक्ने बताएकी छिन्।

    साईले चिनियाँ दबाब अगाडि ताइवान नझुक्ने र आफ्नै प्रजातान्त्रिक जीवन निरन्तरता दिने बताएकी हुन्। चिनियाँ राष्ट्रपति सी जिनपिङले ताइवान चीनमा विलय गराउने भनेको भोलिपल्ट ताइवानको राष्ट्रिय दिवसका दिन उनको यस्तो भनाइ आएको हो।

    उनी भन्छिन्,‘हामीले जति उपलब्धि हासिल गर्छौँ त्यति चिनियाँ दबाब बढ्दै जानेछ।’ यसअघि चीनले तीन दिनको अन्तरालमा १५० पटक लडाकु विमान आफ्नो हवाई क्षेत्रमा पठाएपछि ताइवानले चीनसँग संघर्ष नचाहने तर चीनले आक्रमण गरेको खण्डमा भने आत्मरक्षाको सबै उपाय अपनाउने बताएकी थिइन्।

    ताइवानले आफूलाई सार्वभौम राष्ट्र भन्छ तर चीनले उसबाट छुट्टिएर रहेको एउटा प्रान्त ठान्छ। बेइजिङले एकीकरण गर्न सम्भावित शक्ति प्रयोग अस्वीकार गरेको छैन।

    पछिल्ला दिनहरूमा चीनले ताइवानी आकाशमा अहिलेसम्मकै ठूलो सङ्ख्यामा सैन्य जेटहरू उडाउने गरेको छ। तर ताइवानले बराबरीको हैसियतमा चिनियाँ नेताहरूसँग छलफल गर्ने प्रस्ताव दोहोर्‍याउँदै आएकी छन्।

    तर साईलाई बेइजिङले ‘पृथकतावादी’ मान्छ र त्यस्तो प्रस्ताव उसले हालसम्म अस्वीकार गर्दै आएको छ। बेइजिङ अघि उभिने वाचा गरेका कारण गत वर्ष भएको निर्वाचनमा अत्यधिक मत ल्याउँदै उनी पुनः निर्वाचित भएकी थिइन्।

    शनिवार चीनका राष्ट्रपति सी जिनपिङले एक मन्तव्यका क्रममा ताइवानसँगको पुनः एकीकरण पूरा गर्न बाँकी रहेको बताएका थिए। उनले एकीकरण शान्तिपूर्ण रूपमा हुने उल्लेख गरेका थिए। सीको भनाइको प्रतिउत्तरमा ताइवानको राष्ट्रपति कार्यालयले उसको भविष्य आफ्ना सर्वसाधारणहरूको हातमा रहेको जनाएको थियो।

    चीन–ताइवान विवाद
    चीन ताइवानलाई आफ्नो भूमि भएको बताउँछ र जहिल्यै भएता पनि ताइवान चीनमै विलय हुने त्यहाँको राष्ट्रपति सी चिनफिङले बताउँदै आएका छन्। चीनबाट अलग्गिन खोजे ताइवानलाई आक्रमण गरेरै कब्जा गर्ने चीनको भनाइ छ।

    पछिल्लो समय चीनको आक्रामक गतिविधि ताइवानमा थप बढेको देखिएको छ। जसले चीनको ताइवान कब्जा गर्ने दृढता थप मजबुत हुँदै गएको देखाउँछ। तर ताइवानले चीनको नीति त्यहाँ नचल्ने र आफू एक सार्वभौम मूलुक भएको बताउने गर्दछ।

    चीनको खतरासँग जुध्नको लागि भन्दै ताइवानले अमेरिकाबाट हतियारहरु खरिद गरिरहेको छ जसले चीनलाई चिढ्याएको छ। चीनले गत वर्षदेखि ताइवानमाथि आफ्नो आक्रामकता बढाएको छ। पछिल्लो समय चीनले दोहोर्‍याउँदै चिनियाँ युद्धक विमानहरु ताइवानको हवाई क्षेत्रमा घुस्ने गरेका छन्।

    गतवर्ष ताइवान अलगाववादीहरुको खतरा बढेको भन्दै चिनियाँ राष्ट्रपति सी चिनफिङले युद्धको लागि हरेक समय तयार रहन जनमुक्ति सेनाहरुलाई निर्देशन दिएका थिए। ताइवानले चीनको नीति नमान्ने बताइरहँदा चिनियाँ सेनाले टापु कब्जा गर्ने युद्ध कलाको अभ्यास गर्नु साथै लडाकु विमान उसको हवाई क्षेत्रमा पठाउनुलाई ताइवान नियन्त्रणमा लिने योजनाको रुपमा हेरिएको छ।

    ताइवान चीनकै हिस्सा थियो। तर सन् १९४९ मा चिनियाँ गृहयुद्ध सकिएपछि नै चीन र ताइवानको अलग–अलग सरकार र न्याय प्रणाली छ। तर पछिल्ला वर्षहरुमा चीनले ताइवान आफ्नो भएको बताउँदै आएको छ। बेइजिङले लामो समयदेखि ताइवानको अन्तर्राष्ट्रिय गतिविधिहरु सीमित गर्न खोजिरहेको छ।

    बेइजिङले कुनै न कुनै बेला यो टापुलाई आफ्नो क्षेत्रमा गाभिछाड्ने बताएको छ। पछिल्लो समय यस टापु फिर्ता लिन चीनले शक्ति प्रदर्शन गरिरहेको छ। तर ताइवानले आफू स्वतन्त्र मूलुक भएको अडान छाडेको छैन। त्यहाँ चीनको नीति लागू नहुने ताइवानको भनाइ छ। त्यसकारण हालका वर्षहरूमा सो क्षेत्रमा तनाव बढिरहेको छ। ताइवानले पनि चीनको सम्भावित आक्रमणविरुद्ध युद्ध अभ्यास गरिरहेको छ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ