• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    विजनेश समाचार

    बढ्न थाल्यो सुनचाँदीको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

    245
    SHARES


    काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला रु १०० ले बढेर रु ९० हजार ७०० कायम भएको छ । छापावाल सुन गत हप्ताको अन्तिम कारोबार दिन शुक्रबार प्रतितोला रु ९० हजार ६०० मा कारोबार भएको थियो ।

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घले अन्तर्राष्ट्रिय बजार मूल्यका आधारमा नेपालमा दैनिक सुन तथा चाँदीको कारोबार मूल्य तोक्ने गर्छ । महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार आज तेजाबी सुन प्रतितोला रु ९० हजार २५० मा कारोबार हुनेछ जुन शुक्रबार प्रतितोला रु ९० हजार १५० मा कारोबार भएको थियो ।

    महासङ्घका अनुसार आज चाँदीको मूल्य शुक्रबारको तुलनामा रु पाँचले बढेको छ । चाँदी शुक्रबार प्रतितोला रु एक हजार १७० मा कारोबार भएको थियो भने आजको कारोबार मूल्य प्रतितोला रु एक हजार १७५ तोकिएको छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया