• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    बुटवलमा सशस्त्र प्रहरीले स्थानीयमाथि गो’ली चलायो, ५ जना घाइते, अवस्था तनावग्रस्त

    1.6K
    SHARES


    रुपन्देही । जिल्लाको बुटवलस्थित मोतीपुर औद्योगिक क्षेत्रमा गो’ली चलेको छ । स्थानीय र प्रहरीबीच झडप हुँदा सशस्त्र प्रहरीले गोली चलाएको हो । सशस्त्र प्रहरीले चलाएको गो’ली लागेर कम्तीमा पाँच जना मानिस घाइते भएका छन्। ।

    बुटवल औधोगिक क्षेत्रमा जग्गा कब्जा गरेर बस्नेहरुलाई हटाउन खोजेपछि झडप भएको थियो । १ सय बिगाहा जग्गा सुकुम्वासीको नाममा कब्जा गरेपछि सो क्षेत्रमा सशस्त्र प्रहरीलाई स्थायी रुपमा राख्ने तयारी भइरहेको थियो ।

    घाइतेमध्ये एकजनाको टाउको र एकजनाको छातीमा गो’ली लागेको बताइएको छ, अन्य अवस्था केछ भन्ने बुझ्न सकिएको छैन । औधोगिक क्षेत्रमा टहरा बनाएर बसेकाहरु दुई हजारको संख्यामा प्रदर्शनमा उत्रिएका छन् । त्यहाँको अवस्था तनावग्रस्त बनेको छ ।

    यस्तै उता हिरासतमा रहेका थुनुवाको मृत्यु भएपछि जिल्ला प्रहरी कार्यालय परिसर तनावग्रस्त बनेको छ । अभद्र व्यवहार मुद्दामा पक्राउ परेका भोक्राहा ५ का मोहम्मद हकिम साह अनुसन्धानको क्रममा थुनामा थिए । उनले आत्महत्या गरेको प्रहरीको भनाइ छ ।

    यही घटनाका कारण पीडितका आफन्त सहितको भीड र प्रहरीबीच दोहोरो झडप भएको हो । झडपमा प्रहरी सहित एक दर्जन बढी घाइते भएका छन् । झडपका क्रममा प्रहरी कार्यालय र परिसरका संरचनामा समेत क्षति पुगेको छ ।

    लाठी बोकेको समूह प्रहरीमाथि जाइलागेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो । प्रदर्शनकारीले पूर्वपश्चिम राजमार्ग समेत अवरुद्ध पारेका छन् ।  उनीहरुले प्रहरीले सुनियोजित रुपले थुनामा रहेका व्यक्तिको हत्या गरेको भन्दै लाश नबुझ्ने बताएका छन् ।

    उता जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख सञ्जय सिंह थापाले सीसीटीभी क्यामेरामा स्पष्ट आत्म ह’त्या गरेको देखिएकाले प्रहरी माथि आक्षेप लगाउनु उचित नहुने बताए । कार्यालय र इनरुवा बजार क्षेत्रमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया