• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    अन्तत: यसरी भत्कियो देउवा–जबरा सेटिङ, यी हुन सेटिङ भत्काउन भित्र-भित्रै योजना बनाउने ठुला कांग्रेसी नेता

    588
    SHARES


    काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले सरकारमा भागे खोजेको भन्दै चर्को विवाद भयो । विवादका वावजुद पनि प्रधानमन्त्री शेरबहादुर देउवाले जबराका जेठानलाई मन्त्री बनाइदिए । त्यसपछि अदालत र सरकार सेटिङमा चलेको आरोप लाग्यो ।

    उद्योगमन्त्रीमा नियुक्त भएका गजेन्द्र हमालले राजीनामा दिने भएपछि उक्त सेटिङ तीन दिनमै भत्किएको छ । प्रधानन्यायाधीशको कोटाबाट मन्त्री बनाइएको भन्दै तीव्र विवाद भएपछि उनले राजीनामा दिने निर्णय गरेका हुन् ।

    तर हमालराजिनामा आउनुको पछाडी कांग्रेस महामन्त्री शशांक कोइरालाको बुझिएको छ । शशांक कोइरालालाई भेटेपछि हमाल मन्त्रि पदबाट राजीनामा दिने मनस्थितिमा पुगेका हुन् ।

    हिजो बेलुकी शशांकलाई भेटेका उनले शाशांकको सल्लाहअनुसार आफूले राजीनामा दिने जानकारी गराएका थिए । आफ्नो राजनीतिक योगदान हुँदाहुँदै प्रधानन्यायाधीशसँग जोडेर विवाद उब्जाइएको उनले गुनासो गरेका थिए ।

    ‘सबैतिर परामर्श गर्दा मैले राजीनामा दिनु राम्रो मानेँ,’ हमालले भनेका थिए, ‘म धार्मिक मान्छे हुँ । मेरोबारे भइरहेको टिप्पणीबाट दुखी छु । मेरो राजनीतिक योगदानलाई अलग राखेर हेर्ने काम भयो ।’ महामन्त्री कोइरालाले पनि हमाललाई मन्त्री बन्न योग्य हुँदा हुँदै पार्टीको लोकतन्त्रप्रतिको निष्ठासँग जोडेर प्रश्न उठेको बताए । उनले भने, ‘तपाईं योग्य मान्छे हो, तर बेला नै यस्तो पर्‍यो ।’

    यसैबीच चौतर्फी आलोचना भएपछि नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गजेन्द्र हमालले राजीनामा दिएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर हमालले प्रधानमन्त्री शेरबहादुर देउवालाई राजीनामा पत्र बुझाएका हुन् ।

    विवादमा नफस्ने भन्दै उनले स्वविवेकले राजीनामा दिएको बताएका छन् । बाँके कांग्रेसका पूर्वसभापति रहेका गैरसांसद हमाललाई देउवाले मन्त्री बनाएपछि उनी प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको कोटाबाट मन्त्री बनेको भन्दै आलोचना भएको थियो ।

    उनी राणाका जेठान हुन् । उनी मन्त्री भएपछि वरिष्ठ अधिवक्ताले प्रधानन्यायाधीश राणालाई वहिष्कार गर्ने चेतावनी दिएका थिए । नातामा जेठान पर्ने हमालको नियुक्तसँगै प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा संकटमा परेका थिए ।

    राणाले राजनीतिज्ञसँग ‘वार्गेनिङ’ गर्दै सरकार पनि चलाउन खोजेको भन्दै वरिष्ठ अधिवक्ताहरुले राजीनामा दिन पनि माग गरेका थिए । अधिवक्ता डा. दिनेश त्रिपाठी, शम्भु थापा, मुक्ति प्रधान, ओमप्रकाश अर्याललगायतले प्रधानन्यायाधीश राणाले तत्काल राजीनामा नदिए उनलाई वहिष्कार गर्ने चेतावनी दिएका थिए ।

    संविधानवादको मूल आत्मामाथि नै प्रहार गरेको, शक्ति पृथकीकरण ध्वस्त पारेर सरकारसँग राणाको अपवित्र साँढगाँठले न्यायापालिकामाथिको जनविश्वासमा नै आघात पुगेको उनीहरुको आरोप थियो ।

    राणाका कारणा सर्वोच्च अदालतको न्यायिक नैतिकताको धरातल नै समाप्त पर्न सक्ने भन्दै पूर्वप्रधानन्यायाधीशहरु तथा न्यायाधीश वृत्तमा समेत चिन्ता र चासो भइरहेका बेला हमाललाई एकाएक राजीनामा दिलाएर संकट टार्न खोजेको कतिपयको मत छ ।

    तत्कालीन ओली सरकारमा पनि भागबण्डा लिएको आरोप खेपेका राणाले संवैधानिक निकायमा भएको सोही सुनुवाइको मुद्दालाई अलपत्र पारेको भन्दै वरिष्ठ अधिवक्ता र न्यायीक वृत्तमा समेत उनको आलोचना हुँदै आएको थियो

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया