• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights खेलकुद

    साफ फुटबलमा आज नेपाल र भारत आमनेसामने हुँदै

    245
    SHARES


    काठमाडौं । साफ च्याम्पियनसिप फुटबलमा आज नेपाल र भारतबीच ‍ प्रतिस्पर्धा हुँदैछ ।

    माल्दिभ्सको मालेस्थित राष्ट्रिय रंगशालामा नेपालले दक्षिण एसियाली ‘पावर हाउस’ मानिने भारतको सामाना गर्दैछ । राति ९:४५ हुने खेलमा नेपालले जिते सीधै फाइनल यात्रा तय हुनेछ । तर फाइनलमा स्थान तय गर्न भारतलाई भने बाँकी खेल जित्नै पर्ने दबाब छ ।

    सात पटकको च्याम्पियन भारतलाई हराउन सहज नभए पनि शुरूवाती दुई खेल जितेको नेपाल उच्च मनोबलका साथ मैदान उत्रदैछ । भारतकाविरूद्ध जित्नकै लागि खेल्ने भन्दै प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले नेपाली खेलाडीलाई ढाडस दिएका छन् ।

    २ खेलमा ६ अंकसहित शीर्ष स्थानमा रहेको नेपाल भारतसँग यसअघिका खेलमा कमजोर देखिएको छ । तथापि जारी साफमा २ खेलमा २ अंक जोडेर चौंथो स्थानमा रहेको छ । त्यसैले भारतविरूद्ध नेपाल हावी हुन सक्ने पनि ठानिएको छ ।

    यसअघिका भारतसँगका २१ खेलमा नेपाल १४ मा हार, ५ मा जित र २ खेल बराबरीमा सकिएका थिए । साफकै तयारी स्वरूप भएका दुई खेलमा पनि नेपाल एकमा पराजित र एक खेलमा बराबरीमा रोकिएको थियो ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ