• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    पत्रपत्रिका

    प्रधानमन्त्री देउवा र प्रधानन्यायाधीश जबराबीच गोप्य भेटवार्ता भएको खुलासा, यी हुन चाँजाेपाजाे मिलाउने मान्छे

    1.7K
    SHARES


    काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा र प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराबीच गोप्य भेटवार्ता भएको खुलासा भएको छ । विश्वस्त श्रोतका अनुसार गजेन्द्रबहादुर हमाललाई मन्त्री बनाउनु अघि देउवा र जबराको भेट महाराजगञ्जस्थित एउटा घरमा भएको थियो ।

    गैरसांसद गजेन्द्रबहादुर हमाललाई मन्त्री बनाएको विषयमा राजनीति तातेका बेलामा उनीहरूबीच गोप्य भेटवार्ता भएको खुलासा भएको हो । प्रधानमन्त्री देउवाको ससुराली खलकका नाता पर्ने प्रमोद राणाको महाराजगञ्जस्थित् निवासमा उनीहरुको भेट भएको थियो ।

    त्यहाँ भएका भेटहरुमा हमाललाई मन्त्री बनाउनेबारे छलफल भएको र त्यतिवेला नै सहमति भएको सुरक्षा स्रोतको दाबी छ । कतिसम्म भने राणाको उक्त निवासमा नै देउवाले प्रधानन्यायाधीश जबरासँग पटक–पटक छलफल गरेका थिए ।

    स्रोतले भन्यो, ‘केपी शर्मा ओलीले दोस्रो पटक संसद् विघटन गरेपछि देउवा र प्रधानन्यायाधीशबीच भेटवार्ता पनि प्रमोद राणाकै निवासमा भएको हो । यो भेटवार्ताको सिलसिला महिनौं चलेको थियो ।’

    प्रधानन्यायाधीश जबराले मन्त्रिमण्डलमा भाग नखोजेको भए मिडियामा चर्चा भएअनुसार हमाल नै किन मन्त्री बनाईए त ? यो विषयले गम्भीर प्रश्न उठाएको छ । प्रमोद राणाकै निवासमा नै प्रधानन्यायाधीश जबरालाई मन्त्रिदेखि राजदूतसम्म भाग दिनेबारे सहमति भएको र यसमा प्रचण्ड, माधव कुमार नेपाल र उपेन्द्र यादवपनि सहमत भएको स्रोतको दाबी छ ।

    स्रोतले भन्यो,‘अहिले सत्तापक्षीय गठबन्धनमा आवद्ध कुनै दलले पनि हमाललाई मन्त्री बनाएको बारे विरोध गरेका छैनन् । सबै मौन छन् । हुँदाहुँदै आजबाट गठबन्धनमा आवद्ध दलका शीर्ष नेता र मन्त्रीहरुले नै हमालको मन्त्रीमा नियुक्तीलाई लिएर बचाउ गर्न थालेका छन् ।’

    खासमा हमाललाई मन्त्री बनाईउनु भनेको प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई भाग दिएको भन्ने चर्चा छ । यो विषयमा भएको चर्चाहरुलाई गोप्य रुपमा भएको भेटहरुले पुष्टि गरेका छन् । तर, नवनियुक्त मन्त्री हमाल स्वयम भने यसमा कुनै सत्यता नभएको दाबी गर्छन् ।

    उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीको सपथ खाएलगत्तै सिंहदरबारस्थित् मन्त्रालयमा पदभार ग्रहण गर्ने क्रममा समेत उनले आफू कांग्रेसको पूरानो नेता भएको र पार्टीमा लामो योगदान रहेको स्पष्ट पारेका थिए । नाताले हमाल प्रधानन्यायाधीश जबराका जेठान पर्छन् ।

    यता नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गजेन्द्र हमाल नेपाली कांग्रेसको कोटाबाट मन्त्री बनेको खुलासा गरेका छन् । सांसदसमेत नरहेका र पछिल्लो समय राजनीतिमा निष्क्रिय जस्तै हमाल शुक्रबार उद्योग बाणिज्य तथा आपूर्तिमन्त्री नियुक्त भएका थिए ।

    हमाल प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाका जेठान हुन् । उनी राणाकै कोटाबाट मन्त्री बनेको आरोप लागेपछि चितवन पुगेका प्रचण्डले हमाल कांग्रेसकै नेता भएको र कांग्रेसकै कोटाबाट मन्त्री बनेको जिकिर गरेका हुन् ।

    ‘उहाँ कांग्रेसको मान्छे हो । कांग्रेसको कोटामा मन्त्री हुनु भएको हो । त्यसैले यताको र उताको किन भनिरहने,’ प्रचण्डले भने । गत वर्ष पहिलो पटक संसद् विघटन हुँदा ओलीले सेटिङ गरेको हुन सक्ने चर्चा चलेझैं अहिले कसैले त्यसैको सिको गरेर सेटिङ भन्न थालेको हुन सक्ने उनले बताए । यसमा अन्य केही सेटिङ र अन्य विषय नलुकेको भन्दै दाहालले हमालको बचाउ गरेका थिए ।

    राजनीतिक दलहरूबीचको भागबन्डामा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको नाम जोडिएपछि देशमा नयाँ बेथिति संस्थागत हुने भय बढेको छ । प्रधानन्यायाधीश जबराका जेठान तथा गैरसांसद गजेन्द्र हमाललाई मन्त्री बनाएर न्यायपालिका, संविधानवाद र लोकतन्त्रमाथि हमला गरिएको भन्दै पूर्वप्रधानन्यायाधीश, पूर्वन्यायाधीश र वरिष्ठ अधिवक्ताहरूले गम्भीर आपत्ति जनाएका छन् ।

    प्रधानमन्त्री शेरबहादुर देउवाले ८८ दिनपछि शुक्रबार मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन् तर राजनीतिक दलहरूबीचको भागबन्डामा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको नाम जोडिएपछि देशमा नयाँ बेथिति संस्थागत हुने भय बढेको छ । प्रधानन्यायाधीश जबराका जेठान तथा गैरसांसद गजेन्द्र हमाललाई मन्त्री बनाएर न्यायपालिका, संविधानवाद र लोकतन्त्रमाथि हमला गरिएको भन्दै पूर्वप्रधानन्यायाधीश, पूर्वन्यायाधीश र वरिष्ठ अधिवक्ताहरूले गम्भीर आपत्ति जनाएका छन् ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया