• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    पत्रपत्रिका

    गृहजिल्ला चितवन पुगेका प्रचण्डलाई झट्का

    740
    SHARES


    काठमाडौँ । गृहजिल्ला चितवन पुगेका नेकपा  माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई अर्को झट्का लागेको छ । व्यापारीहरुको सभालाई सम्बोधन गर्न चितवन पुगेका प्रचण्डलाई ठुलै झट्का लागेको छ। प्रचण्ड गृहजिल्ला पुगेकै दिन नेकपा माओवादी केन्द्रसहितका ४५ जना नेता एमालेमा प्रवेश गरेका छन् ।

    एमाले राप्ती नगरपालिका–२ वडा कमिटिले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा नेकपा माओवादी क्रान्तीकारी जिल्ला उपाध्यक्षसहित ४५ जना एमालेका प्रबेश गरेका छन् ।

    त्यसमा अधिकांश नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका कार्यकर्ता छन् । त्यसमा वाईसियल, एकिकृत समाजवादीका वडा सदस्य, नेपाली कांग्रेसका कार्यकर्ताले पार्टी परित्याग गर्दै एमाले प्रवेश गरेका हुन् ।

    माओवादी क्रान्तिकारी जिल्ला उपाध्यक्ष शिवराज कँडेल, राप्ती २ वाईसियल सहइन्चार्ज सागर चाम्लिङ राई, एकिकृत समाजवादी वडा नम्वर २ युवा संघ अध्यक्ष यहुन्ना स्यानतानले प्रबेश गरेका छन् ।

    नेकपा माओवादी केन्द्र राप्ती २ वडा सदस्य राजन घिमिरे र सुरज विश्वकर्मा, समावादीका वडा सदस्य पुकार राई, पवन राई, प्रसुन राई, काँग्रेस प्रतिनिधी रमा उप्रेती वन्जरा लगायत एमाले प्रवेश गरेका छन् ।

    उनीहरुलाई नेकपा एमाले स्थायी कमिटि सदस्य एवंम् पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे, नेकपा एमाले बागमती प्रदेश कमिटि सदस्य एवं पूर्व मन्त्री दावा लामाले टिका लगाएर पार्टीमा स्वागत गरे ।

    नेकपा एमाले बिभाजन भए पनि एमालेमा अन्य पार्टीबाट प्रबेश गर्नेहरुको लर्को लागेको छ । त्यसले माधव नेपाल समूहको अभाव परिपुर्ति गर्ने विश्वास लिइएको छ । यो विषयले नेकपा एमालेका अध्यक्ष अत्यन्तै खुशी भएका छन् । चितवनमा एमाले प्रबेश गर्ने सबै रामबहादुर थापाका पुराना कार्यकर्ता हुन् ।

    त्यस्तै प्रचण्डले गजेन्द्र हमाल मन्त्रीमा नियुक्त भएको विषयमा हो हल्ला गर्न आवाश्यक नभएको बताएका छन् । आज बिहान भरतपुर विमानस्थलमा आयोजना भएको पत्रकार सम्मेलनमा बोल्दै प्रचण्डले हमालका विषयमा चलेको चर्चाको कुनै तुक नभएको बताए ।

    गैरसांसद पनि निश्चित समयका लागि मन्त्री बन्न पाउने संवैधानिक प्रावधान रहेको र यसअघि पनि यस्तो काम धेरै भएको हुँदा हमालको विषय कुनै नयाँ नभएको प्रचण्डको भनाइ छ ।

    कांग्रेसी पृष्ठभूमि भएका हमाललाई प्रधानमन्त्री शेरबहादुर देउवाले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीको जिम्मेवारी दिएका छन् । उनी नाताले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराका नातेदार हुन् । हमाल संघीय संसद् सदस्य छैनन् ।

    हमालको नियुक्तिमा प्रधानन्यायधीशसँग कुनै सम्बन्ध नगरहेको बताउँदै उनले यसमा अन्य केही सेटिङ र अन्य विषय नलुकेको दाबी गरे । राजनीतिक दलहरूबीचको भागबन्डामा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको नाम जोडिएपछि देशमा नयाँ बेथिति संस्थागत हुने भन्दै पूर्वन्यायाधीश र वरिष्ठ अधिवक्ताहरुले चिन्ता ब्यक्त गरेका छन् ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया