• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    राजनीति

    मन्त्री नबनाएको भन्दै जसपामा चल्यो रुवाबासी

    724
    SHARES


    काठमाडौं । मन्त्रीहरुको सूचीबाट सांसद प्रमोद साहको नाम काटिएपछि सत्तारुढ जनता समाजवादी पार्टी (जसपा) मा खैलाबैला मच्चिएको छ । उनको सट्टा महेन्द्र राय यादव कृषि तथा सहकारीमन्त्री बनेका छन् । आफूलाई मन्त्री नबनाएको झोँकमा केही नेता कार्यकर्ताले वीरगञ्जमा जसपा अध्यक्ष उपेन्द्र यादवको पुत्ला जलाएका छन् ।

    देउवा सरकारमा जसपाले चार वटा मन्त्रालय पाएको थियो । कार्यकारिणी समितिले मन्त्री टुंगो लगाउन शीर्ष तीन नेता (डा. बाबुराम भट्टराई, उपेन्द्र यादव र अशोक राई) लाई जिम्मा दिएको थियो । तीन नेताले मन्त्री छनोटको मापदण्ड बनाउँदा दाबेदारहरुलाई चार समूहमा विभाजन गरिएको थियो ।

    प्रतिनिधिसभा सदस्य प्रदीप यादवलाई मन्त्री नबनाएको भन्दै पर्साको वीरगञ्जमा जसपाको झण्डा र अध्यक्ष उपेन्द्र यादवको पुत्ला जलाइएको छ । पर्साबाट मन्त्री नबनाएको भन्दै आक्रोशित युवाको एक समुहले जसपाको झण्डा जलाउनुका साथै र अध्यक्ष यादवको पुत्ला जलाएको हो ।

    पर्साको निर्वाचन क्षेत्र नम्बर १ का सांसद प्रदीप यादवलाई मन्त्री नबनाएको आक्रोशमा उनकै दल जनता समाजवादी पार्टी (जसपा) का कार्यकर्ताको एक समूह विरोध प्रदर्शनमा उत्रिएको हो । यसक्रममा सांसद यादवका कार्यकर्ता र समर्थकहरुले जसपा पार्टी कार्यालयको साइनबोर्डसमेत झिकेर आगो लगाएका छन् ।

    त्यस्तै, अर्का सांसद प्रमोद साहले आफूलाई धोका भएको भन्दै समाजिक सञ्जालमा असन्तुष्टि पोखेका छन् । अध्यक्ष उपेन्द्र यादवकै आफन्त अमरेन्द्र यादवले समेत सामाजिक सञ्जालमा रेणु यादव र महिन्द्र राय यादवलाई मन्त्री बनाएको भन्दै असन्तुष्टि पोखेका छन् ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया