• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    अन्तराष्ट्रिय

    अफगानिस्तानमा तालिबानमाथि कसले गर्न थाल्यो ब’मको वर्षा, ५० जनाको मृत्यु

    2.9K
    SHARES


    काठमाडौँ । अफगानिस्तानको उत्तरी क्षेत्र कुन्दुजमा रहेको एक मस्जिदमा आ’त्मघा’ती ह’मला हुँदा कम्तीमा ५० जनाको मृत्यु भएको छ । प्रार्थनाको समयमा भएको उक्त आ’क्र’मणमा एक सयजना भन्दा बढी घाइते भएकाले मृतक संख्या बढ्न सक्ने स्थानीय अधिकारीहरूले बताएका छन् ।

    हालसम्म कुनै पनि समूहले आ’क्र’मणको जिम्मेवारी लिएको छैन । त्यहाँ इस्लामिक स्टेटसहितका सुन्नी मुसलमान उग्रवादीहरूले सिया समुदायलाई पाखण्डी ठान्दै निशाना साँध्ने गरेको बीबीसीले उल्लेख गरेको छ ।

    ताइवानको सेनालाई एक वर्षदेखि गोप्य रूपमा प्रशिक्षण दिँदै अमेरिका- रिपोर्ट
    चीन रिसाउने जोखिमबीच अमेरिकाको स्पेसल अपरेसन फोर्स र मरिनले सन् २०२० देखि ताइवानको सेनालाई गोप्य रूपमा प्रशिक्षण दिइरहेको खुलासा भएको छ ।

    वाल स्ट्रीट जर्नलले अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै करिब दुई दर्जन अमेरिकी सेनाले ताइवानको सेनालाई पछिल्लो एक वर्षदेखि प्रशिक्षण दिइरहेको रिपोर्ट प्रकाशित गरेको हो । रोयटर्स न्यूज एजेन्सीले पनि दुई स्रोतलाई उद्धृत गर्दै फेरबदल हुने गरी अस्थायी रूपमा अमेरिकी सेनाका प्रशिक्षकहरू ताइवानमा रहेको दाबी गरेको छ ।

    स्रोतहरूले नाम उल्लेख नगर्ने शर्तमा कहिलेदेखि प्रशिक्षण सुरु भएको नबताए पनि गत जनवरीमा जो बाइडेनले राष्ट्रपतिको पदभार सम्हालेपछि यो सुरु भएको सङ्केत गरेका छन् ।

    वाल स्ट्रीट जर्नलको रिपोर्टमा ताइवानको रक्षा मन्त्रालयले कुनै प्रतिक्रिया नजाए पनि रोयटर्ससँग भने ‘सबै सैन्य आदानप्रदान वार्षिक योजना अन्तरगत हुने’ बताएको छ । यता पेन्टागनले भने रिपोर्टलाई पुष्टि वा अस्वीकार गरेन ।

    प्रवक्ता जोन सपलले ताइवानको सेनालाई उसको आवश्यकता अनुसार अमेरिकाले सहयोग गरिरहेको बताए । ‘ताइवानका लागि समर्थन र रक्षा सम्बन्ध चीनले प्रस्तुत गरेको चुनौतीविरुद्ध रहेको छ,’ सपलले वक्तव्यमा भनेका छन्, ‘हामी बेइजिङलाई विवादको शान्तिपूर्ण समाधान खोज्ने प्रतिबद्धतालाई सम्मान गर्न आग्रह गर्दछौँ ।’

    गत नोभेम्बरमा ताइवानको मिडियामा ताइवानको जल सेनालाई उद्धृत गर्दै मरिन र स्पेसल फोर्सलाई प्रशिक्षण दिन अमेरिकी सेना आएको समाचार प्रकाशित भएको थियो । उक्त रिपोर्टलाई अमेरिकी र ताइवानका अधिकारीहरूले अस्वीकार गरेका थिए ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया