• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    राजनीति

    अन्तिममा आएर देउवाले धोका दिएपछि प्रचण्ड फायर

    392
    SHARES


    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)लाई अन्तिममा आएर धोका दिएको बुझिएको छ ।

    लामो समयदेखि माओवादीले चलाइरहेको खानेपानी तथा सरसफाई मन्त्रालय अन्तिममा कांग्रेसमा पारेर देउवाले धोका दिएका हुन् । यो विषयले प्रचण्ड फायर भएको  आकलन गरिएको छ ।

    लामो समयदेखि आफ्नै बुहारिलाई उक्त मन्त्रालयमा राखेर चलाएका प्रचण्डलाई अहिले पनि उक्त मन्त्रालय भागमा परिसकेको थियो । भागवडा अनुसार खानेपानी मन्त्रालय माओवादीको भागमा परेको भएपनि युवा तथा खेलकुद मन्त्रालय माओवादीलाई दिएर देउवाले खानेपानी आफैसँग राखेका छन् ।

    उक्त मन्त्रालयमा कांग्रेस भित्रको सिटौला समूहका नेता उमाकान्त चौधरीले पाएका छन् । माओवादीका नेता महेश्वरजंग गहतरात (अथक)लाई युवा तथा खेलकुद मन्त्रीको जिम्मेवारी दिइएको छ ।

    मन्त्रीहरुको मर्यादा क्रममा पनि माओवादीलाई हेपिएको छ । पार्टीको तर्फबाट नेतृत्वको गर्ने नेताहरुको मर्याक्रम भन्दा अघि देउवाले दुई जना मन्त्रीलाई राखेका छन् ।

    सरकारमा उपप्रधानमन्त्री कोही पनि नभएकाले गृह मन्त्री बालकृष्ण खाँडलाई दोश्रो बरियतामा राखेका छन् भने भर्खरै संचार मन्त्रालयमा सरुवा भएका कानुनमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीलाई तेश्रो बरियतामा राखिएको छ ।

    बल्ल चौथो बरियतामा माओवादी पार्टीको तर्फबाट सरकारको नेतृत्व गर्ने पम्फा भुसालले नाम छ । यसअघि माओवादी तेश्रो, एकीकृत समाजवादी चौथो र जनता समाजवादीले पाचौँ बरियता पाउने सहमति भएको थियो ।

    जसपालाई पाचौँ बरियतामा राखिएको छ भने नेकपा एसलाई छैटौँ बरियतामा राखिएको छ । जसपाबाट राजेन्द्रप्रसाद श्रेष्ठ र एसबाट बिरोध खतिवडाले पार्टीको तर्फबाट सरकारको नेतृत्व गरेका छन् ।

    मन्त्रिपरिषद विस्तार गर्दा प्रधानमन्त्री देउवाले केही मन्त्री र राज्यमन्त्रीको जिम्मेवारी हेरफेर गरेका थिए । यसअघि कानुन, न्याय तथा संसदीय मामिला मन्त्री रहेका मन्त्री ज्ञानेन्द्रबहादुर कार्की सञ्चार तथा सूचनाप्रविधि मन्त्री बनेका छन् ।

    त्यस्तै स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठ प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा सारिएका छन् । मन्त्रालय भागवण्डामा स्वास्थ्य मन्त्रालय नेकपा एकीकृत समाजवादीमा परेपछि स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले प्रधानमन्त्री कार्यालयको जिम्मेवारी पाएका हुन् ।

    यी हुन् पहिलो पटक मन्त्री बनेर सिंहदरबार छिर्ने ११ अनुहार
    प्रधानमन्त्री शेरबहादुर देउवाको मन्त्रिमण्डलमा समेटेका २५ सदस्यमध्ये ११ जना पहिलो पटक मन्त्री बनेर सिंहदरबार छिर्ने मौका पाएका छन् । देउवा नेतृत्वको मन्त्रिमण्डलमा पहिलो पटक मन्त्री बनेर सिंहदरबार छिर्नेमा काँग्रेसका दुईजना छन् । काँग्रेसबाट पहिलो पटक मन्त्री बन्नेमा उमा रेग्मी र गजेन्द्र हमाल छन् ।

    त्यस्तै नेकपा माओवादीबाट एक राज्यमन्त्रीसहित चार जना रहेका छन् । यो पार्टीबाट देवेन्द्र पौडेल, शशी श्रेष्ठ, महेश्वरजंग गहतराज र बोधमाया यादव पहिलो पटक मन्त्री बनेका हुन् । यादव राज्यमन्त्री हुन् भने बाँकी तीनजना क्याबिनेटस्तरका मन्त्री बनेका हुन् ।

    त्यस्तै नेकपा एकीकृत समाजवादीका पनि चार जना नयाँ अनुहार मन्त्री बनेका छन् । समाजवादीबाट विरोध खतिवडा, रामकुमारी झाँक्री, कृष्णकुमार श्रेष्ठ र भवानी खापुङ पहिलो पटक मन्त्री भएर सिंहदरबार छिरेका हुन् । खापुङ पनि राज्यमन्त्री हुन् । यस्तै जनता समाजवादी पाटीबाट रामसहाय यादव पहिलो पटक मन्त्री बनेर सिंहदरबार छिर्ने मध्येमा पर्छन् ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया