• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    देउवाले मन्त्रीपरिषद विस्तार गरेलगत्तै राष्ट्रपतिले जारी गरिन यस्तो विज्ञप्ति

    3.8K
    SHARES


    काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर ८८ दिनपछि मन्त्रिपरिषद विस्तार गरेलगत्तै राष्ट्रपति कार्यालयबाट अर्को विज्ञप्ति जारी भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद् पुनर्गठन गरेकी छिन् ।

    शुक्रबार सरकारको सिफारिसमा राष्ट्रपतिले संविधानको धारा ७६ को उपधारा ९ तथा धारा ७८ को उपधारा १ बमोजिम मन्त्रिपरिषद् हेरफेर तथा कार्यविभाजन गरी मन्त्रिपरिषद् पुनर्गठन गरेकी हुन् । राष्ट्रपति कार्यालयको विज्ञप्तिअनुसार बालकृष्ण खाण देउवा सरकारको दोस्रो वरियतामा रहेकी छन्।

    सत्ता घटक राजनीतिक दललाई समेट्दै प्रधानमन्त्री देउवाले मन्त्रिमण्डललाई शुक्रबार पूर्णता दिँदै संविधानअनुसार २५ सदस्यीय मन्त्रिपरिषद बनाएका हुन् । देउवाले शुक्रबार मन्त्रिपरिषदलाई पूर्णता दिँदा कार्यविभाजन र वरियता समेत छुट्याएका छन् ।

    गठबन्धनको देउवा सरकारमा प्रधानमन्त्री देउवापछि गृहमन्त्री बालकृष्ण खाँण दोस्रो नम्बरमा छन् । त्यस्तै वरियताको तेस्रो नम्बरमा सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्की रहेका छन् ।

    उर्जा जलस्रोत तथा सिञ्चाइ मन्त्री रहेकी माओवादी केन्द्रकी पम्फा भुसाल वरियताको चौथो.नम्बरमा रहेकी छन् । भुसाल माओवादी केन्द्रको नेतृत्व गर्दै सरकारमा गएकी हुन् ।

    त्यस्तै पाँचौ नम्बरमा रहेका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठले जनता समाजवादीको तर्फबाट सरकारमा नेतृत्व गरेका छन् । छैठौं नम्बरमा नेकपा एकीकृत समाजवादीको तर्फबाट सरकारको नेतृत्व गर्दै विरोध खतिवडा स्वास्थ्य तथा जनसंख्या मन्त्री बनेका छन् ।अर्थमन्त्री जनार्दन शर्मा बरियताको सात नम्बरमा परेका छन् ।

    देउवा सरकारमा तीन राज्यमन्त्री
    प्रधानमन्त्रीसहित २२ मन्त्री र तीन राज्यमन्त्री गरी मन्त्रिपरिषद्को आकार २५ सदस्यीय भएको हो । शुक्रबार प्रधानमन्त्री देउवाले गठबन्धन घटकलाई समेट्दै मन्त्रिपरिषदलाई पूर्णता दिँदा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा राज्यमन्त्रीको व्यवस्था गरेका छन् ।

    तीन राज्यमन्त्रीमध्ये उमेश श्रेष्ठले मन्त्रिपरिषदको कार्यालय, भवानीप्रसाद खापुङले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र बोधमायाकुमारी यादवले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको जिम्मेवारी पाएका छन् । दलगत हिसाबले काँग्रेस, नेकपा एकीकृत समाजवादी र माओवादी केन्द्रले एक–एक राज्यमन्त्री पाएका हुन् ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ